हेडलाईन

अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायलको स्वागत गीत सार्बजनिक (भिडियो)         प्रवासबाट नेकपा पार्टी एकता बचाई राख्न गम्भीर ध्यानाकर्षण         नेपाली एकता मंच इजरायलको पाँचौ बैठक पार्टी केन्द्रिय सदस्यको साथमा सम्पन्न         मन्त्रालयभित्रै पर्यटनमन्त्री भट्टराईको छड्के,कर्मचारी नदेखेपछि महाशाखाका प्रमुख तामाङप्रति रुष्ट         २६ जिल्लामा पुग्यो सलह किराको समुह         असार १४ गते आइतबारदेखि शेयर बजार खोल्ने तयारी         एनआइसी एसिया लघुवित्तको आइपीओ खुल्यो         सेयर कारोबारमा विद्युतीय माध्यमबाट हुने भुक्तानी सीमा हट्यो         यस्तो रहेछ:इजरायल साइप्रसबाट नेपालीलाई फर्काउने उडान रद्ध हुनुको कारण         नेपालमा प्रहरीले चितुवालाई दाम्लोमा बाँधेर बाटोमा लुरुलुरु हिँडाएको भाइराल (भिडियोसहित)         इजरायल र साईप्रसमा रहेका नेपालीलाई स्वदेश फर्काउन तय भएको उडान रद्ध         सांसद सरिता गिरीलाई पार्टीले साेध्यो स्पष्टीकरण         गलवानमा गोर्खालीको गाथा, फेरि गाेर्खाली खोज्दै भारत         सुत्केरीको खोजी: छोरी जन्मिए रु १० हजार         नेफिन इजरायलको अध्यक्षमा पेम्बा डोल्मा ह्योल्मो निर्बिरोध निर्वाचित (भिडियो)        

हिमाली बौद्धहरू साकाधावा पर्व मनाउँदै

याम्बु -यो महीनामा सानो पुण्यको काम गरे विशाल पुण्य पाइने र सानो गलत काम गरे त्यो विशाल पापमा परिणत हुने विश्वास बौद्ध धर्मावलम्वीहरूमा छ |

काठमाडौं। यसवर्ष २५ वैशाख अर्थात् वैशाख शुक्ल पूर्णिमाको दिन संसारभर गौतम बुद्धको जन्म जयन्ती मनाइयो। तर, बौद्ध धर्मको महायानी सम्प्रदायहरू बुद्धको जन्मजयन्ती आज १० जेठ अर्थात् ज्येष्ठ शुक्लपक्षको प्रतिपदाको दिन मनाउँदै छन्।

बौद्ध धर्मको महायानी सम्प्रदायका हिमाली बौद्धहरू आजदेखि साकाधावा पर्व मनाउँदै बुद्धको जयन्ती मनाउँदै छन्। आजदेखि एक महीना यो पर्व चल्नेछ। उनीहरू यही महीनामा बुद्धको जन्मदेखि भिक्षु बनेका साथै ज्ञान प्राप्त गरेको र समाधी लिएको विश्वास गर्छन्।

तिब्बती पात्रो अनुसार १२ महीना हुन्छ। र, उक्त १२ महीनाको ४औं महीनालाई साकाधावा भनिन्छ। यो एक महीना भरी नै हिमालीहरूका साथै तिब्बतीहरूले पूजा–अर्चना गर्ने गर्छन्।

काठमाडौं तीनचुलीस्थित् ह्योल्मो गुम्बाका प्रमुख लामा छेवाङ नोर्बुका अनुसार बौद्ध धर्ममा महायान, हिनयान र बज्रयान सम्प्रदाय हुन्छ। हिमाली बौद्धहरू महायान अन्तर्गत पर्छन्। र, महायानीहरूका लागि यस महीनाले विशेष महत्व राख्छ।

“यो महीनामा सानो पुण्यको काम गरे विशाल पुण्य पाइने र सानो गलत काम गरे त्यो विशाल पापमा परिणत हुने विश्वास बौद्ध धर्मावलम्वीहरूमा छ”, उनी भन्छन्, “यो महीनाभरी हिमाली बौद्धहरू शाकाहारी भोजन गर्छन्। गुम्बाहरूमा सामुहिक रूपमा त्रिपिटक, वा बौद्ध धर्मका अन्य ग्रन्थहरू पाठ हुन्छ। बुद्धका ज्ञानहरू सप्ताहको रूपमा पाठ गरिने काम गरिन्छ। प्राणीदान (प्रार्थना गर्ने), माने जप्ने गर्छन्।”

यो महीनाभरी मानिसहरू स्वयम्भु, बौद्ध परिक्रमा गर्ने चलन थियो। तर, लकडाउनको कारण यसपटक यो काम रोकिएको छ। घरमै पूजाआजा गरेर यो पर्व मनाउने प्रमुख लामा छेवाङले बताए। यो महीनामा मानिसहरूले जति बढी माने जप्न सक्यो, त्यति पुण्य कमाउने विश्वास रहेको उनले बताए। “बौद्ध धर्मका अनुसार मानिसले तीन किसिमबाट पाप गर्न सक्छन्। एउटा शरीरबाट, दोसो वचनबाट र तेस्रो मनबाट”, उनले भने, “यसरी मानवीय पापहरू नष्ट होस् भनेर यो पूजा गरिने छ।”

मानिसमा भएको अज्ञानताका कारण गरिएका रिस, राग दोषहरूका कारण उनीहरू बर्षाैँवर्ष नर्कमा पुग्ने यो समुदायको विश्वास छ। त्यस्ता दोषहरूबाट मुक्ति पाउनको लागि जप ध्यान गरी पुण्यको काम गर्न यस्ता पर्वले सघाउने छेवाङ बताउँछन्। उनी भन्छन्, “यी कुराहरू अनुशरण गर्न सक्यो भने जीवन सुखी हुन्छ।”






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु - नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका... बाँकी यता

tamang online / May 10, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution