हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

कृषिमा अनुदान नै अनुदान

घोराही, ७ जेठ । गत साता दाङको दंगिशरण गाउँपालिकाले करीब पाँच सय किसानलाई धानको बीउ वितरण ग¥यो । कोरोना महामारीमा विपन्नलाई चामल र किसानलाई राहतस्वरुप शतप्रतिशत अनुदानमा धानको बीउ वितरण गरिएको हो ।

प्रतिकठ्ठा दुई केजीका दरले पाँच हजार दुई सय केजी धानको बीउ राहतस्वरुप ६ वटै वडाका किसानलाई उपलब्ध गराइएको पालिकाका प्रमुख भागिराम चौधरीले बताउनुभयो ।
तुलसीपुर उपमहानगरले पनि करीब पाँच सय किसानलाई मकैको बीउ वितरण गरेको छ । जिल्लाका प्रायजसो पालिकाले कृषिमा छुट्याएको बजेट कृषकलाई अनुदान दिनमै खर्च गरेका छन् । दश पालिकाले रु ३० लाखदेखि एक करोडसम्मको बजेट कृषि अनुदानमा खर्च गरेको पाइएको छ ।

छ स्थानमा मुख्यमन्त्री स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालनमा छन् । त्यसमध्ये चार गाउँमा कृषि र दुई गाउँ पशु उत्पादनलाई जोडेर स्मार्ट कृषि गाउँ घोषणा गरिएको छ । गत आर्थिक वर्षदेखि शुरु भएको स्मार्ट कृषि गाउँ कार्यक्रममा प्रदेश सरकारले प्रतिगाउँ रु ५० लाखका दरले अनुदान उपलब्ध गराएको थियो । चालु आर्थिक वर्षमा भने प्रतिगाउँ रु ३७ लाखका दरले अनुदान रकम उपलब्ध गराइएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार चालु आवमा दाङका छ र प्युठानका दुई गाउँमा स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत तरकारी र कागती खेती तथा माछा र बाख्रापालन कार्यक्रम भइरहेको छ । प्रदेश सरकारको उक्त बजेटमा सरकारले ५० र स्थानीय उपभोक्ता वा सहकारीले ५० प्रतिशत लगानी गर्नुपर्ने कार्यविधि छ । यसबाट कृषकले सिँचाइ सामग्री, औजार, बीउ र मल खरीदमा रकम खर्च गर्न पाउनेछन् ।

जिल्लामा सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट, ब्लकजोन र सुपरजोनका कार्यक्रम सञ्चालन भएका छन् । पकेटमा ५० प्रतिशतका दरले रु १४ लाख, ब्लकमा रु ४० लाख अनुदान रकम उपलब्ध गराइएको छ । तोरी र मौरीको छुट्टै कार्यालय स्थापना गरेर जोन कार्यक्रम र मकैको सुपरजोन कार्यक्रम सञ्चालनमा छन् । ती कार्यक्रममा कृषकहरुलाई ५० देखि ८० प्रतिशतसम्म अनुदानका रकम उपलब्ध गराइएको छ ।

जिल्लाका करीब दुुई दर्जन स्थानमा कृषि पकेटका लागि सम्झौता भइसकेको कृषि ज्ञान केन्द्रका प्रचारप्रसार अधिकृत भरत पोखरेलले जानकारी दिनुभयो । पकेट र ब्लक कार्यक्रममा बेसार, अदुवा, पिँडालु, तरकारी, मौरी, च्याउ, प्याज, लसुन र दलहन उत्पादनको कार्यक्रम चलिरहेको उहाँले बताउनुभयो ।

अधिकृत पोखरेलका अनुसार परियोजनाकै कार्यक्रमअन्तर्गत जिल्लाको पहाडी क्षेत्रमा पर्ने बंगलाचुली गाउँपालिकामा करीब एक सय हेक्टर जमीनमा सुन्तला खेतीको तयारी थालिएको छ जहाँ किसानलाई लागतको ५० प्रतिशत अनुदान उपलब्ध गराउने कार्यक्रम छ ।

किसानकै लागि प्रदेश सरकारले सञ्चालनमा ल्याएको कृषि विकास कार्यक्रममा करीब ६० किसानलाई रु एक लाखका दरले तेलहन, दलहन, तरकारी प्रवद्र्धनलगायत उत्पादनमा अनुदान दिने तयारी छ । कतिपय किसानसँग अनुदानका लागि सम्झौतासमेत भइसकेको ज्ञान केन्द्रले जनाएको छ ।

कृषि ज्ञान केन्द्रले नै सञ्चालनमा ल्याएको नवीनतम प्रविधिमा सिँचाइ कार्यक्रममा सोलार पम्प, ढिकी पम्प, थोपा सिंचाइ, कुुलेसो निर्माणलगायत काममा अनुदानका लागि सरकारले रु ५० लाख ज्ञान केन्द्रलाई उपलब्ध गराएको छ । प्रतिकिसान वा प्रतिसहकारीलाई माग भएमा रु दुुई लाख ५० हजारका दरले रकम दिइने ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिनुभयो ।

यस्तै सङ्घीय सरकारले लसुनप्याज मिशन कार्यक्रमअन्तर्गत जिल्लामा रु ५० लाख अनुदान छुट्याएको छ । सिँचाइसँगै फलफूल बिरुवा रोपण कार्यक्रमका लागि रु ९९ लाख बजेट वितरणको तयारी ज्ञान केन्द्रले गरेको छ । जिल्लामा सञ्चालनमा रहेको अर्को मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममा पनि यस वर्ष किसानका लागि घुइया९पिँडालु०, अदुवा र कागती खेती, बाख्रापालनलगायत कार्यक्रममा अनुदान रकम उपलब्ध गराइएको जिल्ला सहजकर्ता टीका बस्नेतले जानकारी दिनुभयो। रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution