हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

अमेरिकामा सङ्क्रमित बढि देखिनु सम्मानको बिषय : राष्ट्रपति डोनाल्ड ट्रम्प

याम्बु  – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस सङ्क्रमित सबैभन्दा धेरै देखिनु सम्मानको कुरा भएको तर्क गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले सङ्क्रमितको संख्या बढि देखिनुमा आफ”हरुको कोरोना परीक्षणको अवस्था राम्रो भएको बताउनुभयो । ह्वाइटहाउसमा राष्ट्रपति ट्रम्पले भन्नुभयो ‘हाम्रो परिक्षण अरुको भन्दा निकै राम्रो छ, यसैलेसङ्क्रमितहरु पहिचान भएका हुन्, यसलाई म सम्मानको रुपमा लिन्छु ।’

अमेरिकामा कोरोना भाइरसको महामारी सुरु भएयता पहिलोपटक मन्त्रीपरिषदको बैठक बोलाउनुभएका ट्रम्पले पत्रकारसँग अमेरिकामासङ्क्रमितको संख्या विश्वमै सबैभन्दा धेरै रहनु परिक्षण राम्रो हुनु नै भएको बताउनुभएको बीबीसीले जनाएको छ ।

यो सम्मानको पदक भएको ट्रम्पको भनाई छ । अमेरिकामा अहिलेसम्म १५ लाख ७० हजार पाँच सय भन्दा धेरैमा कोरोनासङ्क्रमण भएकोमा ९३ हजार पाँच सय भन्दा धेरैको ज्यान गइसकेको छ ।

अमेरिकामा तीन लाख ६१ हजार भन्दा धेरैसङ्क्रमित निको भएका छन् । कुल संख्याका हिसाबमा अमेरिकामा विश्वमै सबैभन्दा धेरै व्यक्तिको परीक्षण भएको बीबीसीले जनाएको छ । तर कुल जनसंख्या र परीक्षणको दरमा भने अमेरिका १६ औँ स्थानमा छ ।

आइसल्याण्ड, न्यूजिल्याण्ड, रुस, क्यानडा लगायतका देशमा कुल जनसंख्या र परीक्षणको दर बढि छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution