हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

नेपालमा कोरोनाबाट पहिलो मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

याम्वु : नेपालमा पहिलो पटक कोरोनाका कारण एक जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नम्बर ९ की २९ वर्षीया महिलाको मृत्यु भएको हो। स्वास्थ्य मन्त्रालयले बिहीवार मृत्यु भएकी महिलामा कोरोना देखिएको पुष्टि गरेको छ।

स्वास प्रस्वासमा समस्या देखिएपछि बाह्रविसेबाट धुलिखेल अस्पतलमा उपचारका लागि उनलाई ल्याइएको थियो। अस्पताल पुगेको ५५ मिनेटमा उनको मृत्यु भएको हो। ९ दिन अघिमात्र शिक्षण अस्पताल महाराजगञ्जमा सुत्केरी भएकी थिइन् उनी।

सुत्केरी भएपछि उनलाई बाह्रविसे नै लगिएको थियो। त्यहाँ उनको स्वास्थ्य अवस्था प्रतिकूल हुँदै गएपछि गएको बिहीवार धुलिखेल अस्पताल ल्याइएको थियो। त्यही उनको मृत्यु भएको हो। ‘उहाँको अस्पताल ल्याएको ५५ मिनेटमै निधन भएको हो,’ धुलिखेल अस्पतालका प्रवक्ता डाक्टर सुमनराज ताम्राकारले भने।

‘मरिसकेको भएकाले आरडीटी होइन, पीसीआर परीक्षण नै गरिएको थियो,’ काभ्रेपलाञ्चोक जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्र झाले भने।

उनमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले बाह्रविसे नगरपालिकाका प्रमुखलाई स्वास्थ्य मन्त्रालयको प्रत्यक्ष प्रसारण हेर्न र आवश्यक कदम अगाडि बढाउन भनेको छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution