हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

मोटरसाइकल चढ्न मानेका थिएनन् काेराेना सङ्क्रमित,पैदलै हिडेर कोरोना अस्पताल

चितवन। मोटरसाइकल चढाएर अस्पताल लगिदिने आग्रहलाई कोरोना भाइरस सङ्क्रमित एक व्यक्तिले अस्वीकार गरेका छन्।पैदलै भरतपुर कोरोना विशेष अस्पताल आएका ती व्यक्तिलाई बाटोमा मोटरसाइकल सवार एक जनाले अस्पताल पु-याइदिन्छु भन्दा उनले त्यो आग्रहलाई अस्वीकार गरेका हुन्। भरतपुरको केन्द्रीय बस ट्रमिनल झरेर पैदलै उनी विमानस्थल अगाडिको बाटो हुँदै कोरोना अस्पतालतर्फ आएका थिए।

एकान्त बाटोमा रातको ११ बजेपछिको समयमा उनी एक्लै हिँडिरहेका थिए। सोही क्रममा एक भलाद्मीले टाढैबाट मोटरसाइकल रोकेर रातिको समयकहाँ पुग्ने हो लगिदिन्छु भनी आग्रह गरेको उनले अस्पतालका चिकित्सकसँग भनेका छन्।

भरतपुर अस्पतालका डा प्रमोद पौडेलका अनुसार त्यस क्रममा ती व्यक्तिले आफू भारतबाट आएको र कोरोना परीक्षण गर्न अस्पताल जान लागेकाले मोटरसाइकल नचढ्ने भनी जवाफ दिएका थिए। मोटरसाइकल रोक्ने व्यक्ति केही टाढा भएकाले कुनै समस्या नहुने अनुमान गरिएको छ।

पूर्वी नवलपरासीको देवचुली गाउँपालिका–१२ का ४९ वर्षीय ती व्यक्ति वैशाख ३० गते राति ११ः३० बजे भरतपुर कोरोना विशेष अस्पताल आइपुगेका हुन्। जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँका अनुसार ती व्यक्ति वैशाख २७ गते भारतको कोलकताबाट हिँडेका थिए। एउटा ट्रकमा रक्सौलमा आएर झरेको चापागाईँले जानकारी दिए। त्यहाँबाट सामान लिन नेपालबाट गएको ट्रक चढेर उनी आएका हुन् ।

उनका अनुसार ट्रकमा चालक मात्र छन् । ट्रक काठमाडौँतर्फ गएको अनुमान छ । चापागाईँको भनाइमा ती व्यक्तिलाई परिवारले भरतपुरमा कोरोना परीक्षण गरेर मात्र आउन भनेपछि उनी अस्पताल पुगेका हुन् । ती व्यक्ति निकै संयमित भएका कारण समस्या नभएको चापागाईँले बताए।

हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार उनलाई कोरोना अस्पतालको आइसोलेसनमा राखिएको छ । भरतपुर अस्पतालमा यसअघि रहेका दुई कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि हाल अस्पतालमा सङ्क्रमित छैनन्। भरतपुर अस्पतालकै स्वामित्वमा रहेको कोरोना अस्पतालमा उनलाई राखिएको छ।

उनी कोलकताबाट रक्सौलसम्म तरकारी बोकेको ट्रकमा आएका हुन् । ट्रकमा चालक र सहचालक रहेको उनले अस्पतालमा जनाएका छन्। डा पौडेलका अनुसार रक्सौलबाट उनी चढेर आएको ट्रक पनि तरकारी बोकेकै थियो । सो ट्रक २६२० नंको रहेको पौडेलले बताए। उनले भने, “सञ्चारमाध्यममार्फत ट्रक चालक र मोटरसाइकल चालकलाई परीक्षणका लागि आउन सन्देश पु-याउनुप-यो।” रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution