हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

शुक्रबारदेखि लकडाउन थप कडा,जिल्लाभित्रै पनि हिँडडूल गर्न नपाइने

याम्बु  । कोरोना भाइरसको संक्रमण फैलन थालेपछि गम्भीर बनेको सरकारले शुक्रबारदेखि काठमाण्डौ उपत्यकाको लकडाउनलाई थप कडा पार्ने भएको छ ।

बिहीबार गृह मन्त्रालयको आह्वानमा उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, मेयरहरु, सुरक्षा निकायका प्रमुखहरुबीच भएको छलफलमा शुक्रबारदेखि लकडाउनलाई कडा बनाउने सहमति बनेको हो ।

बैठकमा सहभागी एक मेयरका अनुसार शुक्रबारदेखि सवारी साधनको आवागमन र चेकिङलाई थप कडा पारिनेछ ।उपत्यकाका मुख्य सडक मात्र नभई भित्री सडकहरुमा समेत सुरक्षाकर्मी परिचालन गरी चेकिङ थालिने निर्णय भएको ती मेयरले जानकारी दिए ।

बैठकले उपत्यकाका सबै नाकाहरु पूर्ण रुपमा शिल गर्ने, चोर नाकाहरुमा समेत सुरक्षाकर्मी परिचालन गरी उपत्यका भित्रिन र यहाँबाट बाहिरिने कार्यमा पूर्ण रोक लगाउने निर्णय गरेको छ ।

यसैबीच, सोही बैठकपछि गृह मन्त्रालयले जिल्लाभित्र जारी भएका सवारी पास समेत खारेजीको निर्णय गरेको छ । गृहले उपत्यकामा समेत संक्रमितहरु बढ्न थालेपछि बिहीबारदेखि लागू हुने गरी एक जिल्लाबाट अर्को जिल्लामा जानसक्ने गरी वितरण भएका सबै खालका सवारी पास रद्ध गरेको थियो । तर, जिल्लाभित्र आवतजावतका लागि जारी गरिएका सवारी पासको विषयमा कुनै निर्णय हुन सकेको थिएन।

तर अब जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेजीको निर्णय भएको हो । बिहीबारको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले जानकारी दिए । उनका अनुसार यो निर्णय भने शनिवारदेखि लागू हुनेछ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution