हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

नेपालमा कोरोना अपडेट : कुन प्रदेशमा कति संक्रमित ?

याम्बु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस ‘कोभिड – १९’ बारे अपडेट दिँदै हालसम्म नेपालमा २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।


आज (बुधबार) नियमित मिडिया ब्रिफिङमा बोल्दै डाक्टर विकास देवकोटाले यसअघि आज (बुधबार) बाँके र कपिलवस्तुका २ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुको कविलवस्तु नगरपालिका- ५ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
यस्तै बाँके जिल्लाको नेपालगञ्ज निवासी ३६ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको थियो । धुलिखेल अस्पतालमा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो । उनी स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको साथै अवस्था सामान्य रहेको डाक्टर देवकोटाले जानकारी दिए ।

नेपालमा हालसम्मका संक्रमतिमध्ये ७६ जना पुरुष र ४३ जना महिला रहेका छन् ।

यसैबीच मन्त्रालयले प्रादेशीक विवरण दिँदै प्रदेश नम्बर १ मा ३५ जना संक्रमित रहेको जनाएको छ । ति संक्रमित झापा, भोजपुर र उदयपुरका हुन् ।

यस्तै प्रदेश २ मा ९६ जना संक्रमित छन् । ति सप्तरी, धनुषा, महोतरी, सर्लाही, रौतहट, बारा, पर्साका छन् ।

यस्तै वाग्मती प्रदेशमा ९ जना संक्रमित छन् उनीहरु काठमाडौं, भक्तपुर, धादिङ, चितवनका छन् ।

यस्तै गण्डकी प्रदेशका २ जना रहेका छन् । उनीहरु दुवैजना बाग्लुङका हुन् ।

प्रदेश ५ मा ७२ जना संक्रमित छन् । उनीहरु कपिलवस्तु, रुपन्देही बाँके र बर्दियाका छन् ।

कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका छैनन् ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म २ जिल्लामा कोरोना संक्रमण देखिएको छ । कैलाली र कञ्चनपुरका ५ जनालाई संक्रमण पुष्टि भएको छ।

उनका अनुसार संक्रमणपछि निको भएर घर फर्कनेको संख्या ३५ पुगेको छ । पछिल्लोपटक वुटवलमा उपचाररत २४ वर्षिय पुरुष ११ औँ दिनमा निको भएर डिस्चार्ज भएका छन् । यस्तै चितवनमा उपचाररत महिला २६ औँ दिनमा निको भएर घर फर्केपछि हालसम्म कोरोनालाई जित्नेको संख्या ३५ पुगेको हो ।

यस्तै हालसम्म पिसीआर विधीबाट २१ हजार ३ सय ४० जनामा परिक्षण गरिएको छ ।

आरडिटी विधीबाट ६० हजार ३ सय १९ जनामा परीक्षण गरीएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामामात्रै २ हजार ३ सय ५७ जनामा पिसीआर विधीबाट जाँच गरिएको छ ।

आरडिटी विधीबाट गत २४ घण्टामा ६ सय ९२ वटा जाँच गरिएको छ । यसरी२४ घण्टामा मात्रै दुवै विधीमार्फत् कुल ३ हजार ४९ जनामा परीक्षण गरिएको छ ।

प्रदेश १ मा हालसम्म ८ हजार ३ सय २० जनामा परीक्षण गरीएको छ । प्रदेश २ मा ५ हजार ९ सय ३७ जना, वाग्मती प्रदेशमा ९ हजार ३सय ६३ जना, गण्डकी प्रदेशमा ६ हजार ५ सय २६ जना, प्रदेश ५ मा ७ हजार २ सय २९ कर्णाली प्रदेशमा ७ हजार २ सय २९ र सुदूरपश्चिम प्रदेशमा १५ हजार ७ सय २३ जनामा कोरोना जाँच गरिएको छ ।

डाक्टर देवकोटाका अनुसार आज १४ हजार ३ सय १३ जना क्वारेन्टाईनमा छन् । प्रदेश १ मा ९ सय ५९ जना, प्रदेश २ मा १ हजार ५ सय ७४ जना, वाग्मती प्रदेशमा १ सय १ जना, गण्डकी प्रदेशमा २ सय ७९ जना, प्रदेश ५ मा ६ हजार ९ सय ८९ जना, कर्णाली प्रदेशमा १ हजार ५ सय ६३ जना, सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ४८ जना क्वारेन्टाईनमा बसेका छन् ।

यस्तै संभावित, पुष्टि भएका र शंकास्पद बिरामीको संख्या २ सय ४५ रहेको छ । तिमध्ये ६ जना काठमाडौंमा र २ सय ३९ जना काठमाडौं बाहिरका विभिन्न जिल्लामा रहेका छन् । उनीहरु चिकित्सकको निगरानीमा आईसोलेसनमा रहेका छन् ।

यसरी आईसोलेसनमा बस्नेहरुमध्ये प्रदेश १ का २१ जना, प्रदेश २ का ९८ जना, वाग्मती प्रदेशका २५ जना र प्रदेश ५ का १०१ जना रहेका छन् ।

यस्तै प्रवक्ता देवकोटा भन्छन् ११३३ र १११५ मा गत २४ घण्टामा १३३३ वटा कल आएकोमा स्वास्थ्यकर्मीले ति सबैको जवाफ दिएका छन् ।
यस्तै मन्त्रालयको मोबाईल एप्लिकेसन हामो स्वास्थ्यमा र वेवसाईटमा हालसम्म ३५ हजार ७ सय २३ जनाले विवरणभरेकोमा हालसम्म ३५४ जना रेड जोनमा परेका छन् । गत २४ घण्टामा मात्रै ७ सय ९२ जनाले यस्तो विवरण भरेकोमा ९ जना रेड जोनमा परेकाछन् ।

डाक्टर देवकोटाले थपे, “मन्त्रालयको कोभिड १९ क्राईसिस म्यानेजमेन्ट मा हालसम्म १ सय ५८ जना संभावित संक्रमित रहेको र तिनको ट्रेसिङ गर्ने रअरु जानकारी लिने काम भइरहेको छ ।”
कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेको सन्दर्भमा मन्त्रालयले सचेत हुन सबैसँग अनुरोध गरेको छ ।

कोरोना पछिल्लो अपडेट 

कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४३ लाख ४३ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बुधवार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ८५ हजार ३१२ जना नयाँ संक्रमित भेटिएका थिए ।

अघिल्लो दिन पनि ७४ हजार २२८ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टाको अवधिमा ५ हजार ३२० जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४६ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २३ लाख ९९ हजार अर्थात् करिव ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ ।

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३२ हजार ६९२ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ६३० जनाको मृत्यु भएको छ जबकी अघिल्लो दिन यहाँ एक हजारको ज्यान गएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८३ हजार ४२५ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १७२, स्पेनमा १७६ र फ्रान्समा ३४८ जनाको ज्यान गएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १२ हजार ४६१ जनाको मृत्यु भइसकेको छ । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution