नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु – नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका लागि पाठ्यक्रम तयार पारेको सम्बन्धमा प्रेस बिज्ञप्ति जारी गरेको छ ।
बिज्ञप्तिमा भाषा आयोगका केहि कर्मचारीको मिलोमतोबाट स्थानीय बिषय /मातृभाषा वा संस्कृत बिषय भन्ने थप गरि सिफारिस गरेको र पाठ्यक्रम बिकास केन्द्रले सोहि अनुसार सामुदायिक बिधालयमा अध्ययनरत बालबालिकालाई संस्कृत बिषय समेत लाद्न लागेको भनेर गम्भीर ध्यानाकर्षण गरेको छ ।
शास्त्रीय भाषाहरु लाद्ने निर्णयको विरुद्ध मातृभाषा समुदायले सशक्त संघर्ष गर्नुको बिकल्प नगरेको समेत जानकारी दिएको छ ।
बिज्ञप्तिको पूर्ण अंश