नेपाल प्रहरीमाथि हातपात गर्ने चार चिनियाँ नागरिकलाई मुद्दा चलाइने

याम्बु – काठमाण्डौमा प्रहरीलाई हातपात गर्ने चार जना चिनियाँ नागरिकलाई मुद्दा चलाइने भएको छ ।
उनीहरुविरुद्ध आइतबार अभद्र व्यवहारको मुद्दा दायर गर्ने तयारी रहेको काठमाण्डौका प्रहरी उपरीक्षक सोमेन्द्रसिँह राठोरले उज्यालोलाई जानकारी दिनुभयो ।
शुक्रबार सिंहदरबारको मूल गेट अगाडिको निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि रोक्ने क्रममा उनीहरुले हातपात गर्दा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतसहित चारजना प्रहरी घाइते भएका थिए ।