हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

नवलपरासिको मस्जिद–मदरसा अनुगमन समितिले बुझायो प्रतिबेदन

याम्बु , २४ बैशाख । पश्चिम नवलपरासीका मस्जिद–मदरसा अनुगमको क्रममा कोई पनि जमाती लुकेर नबसेको समितिले बताएको छ ।

जिल्लाको ७ वटै स्थानिय तहमा रहेको ५६ वटा मस्जिद–मदरसा अनुगमनमा मुस्लिम समुदायले लकडाउनको पाल्ना गरेको, मस्जिदमा सामुहिक नमाज नभएको र कुनै पनि तबलीगी जमाती नफसेको वा भारतिय अपरिचित व्यक्ति लुकेर नबसेको पाइएको छ ।

नेपाल मुस्लिम आयोगद्धारा गठित मस्जिद–मदरसा जिल्लास्तरिय अनुगमन समितिले एक हप्ता लगाएर जिल्लाको ५६ वटै मस्जिद मदरसाको अनुगन गर्दै मस्जिदमा भिडभाड नगरि घरमै नमाज पढन र लकडाउनको पुर्ण पाल्ना समेत गर्न समितिले समुदायलाई आग्रह गरेको आज परासीमा आयोजित पत्रकार सम्मेलन मार्फत समिति संयोजक बि बि खरालले जानकारी दिए ।

अनुगमन स्थानिय तहका प्रमुख र स्थानिय प्रशासनको रोहबरमा गरिएको छ ।

पत्रकार सम्मेलनमा, जिल्लाको सबै मस्जिद मदरसाहरुको अनुगमन गरि सोको प्रतिवेदन सार्वजनिक गर्दै एक प्रंति जिल्ला प्रशासन कार्यालय, एकप्रति जिल्ला समन्वय समिति र नेपाल पत्रकार महासंघलाई पनि हस्तान्त्रण गरिएको छ भने अनुगनमको पुरै प्रतिवेदन नेपाल मुस्लिम आयोगलाई पठाईने संयोजक बि बि खरालले जानकारी दिए ।

अनुगमनको क्रममा सरावल गाउँपालिका ६ मधवलिया स्थित रहेको मदरसा नुरुल ओलुममा लकडाउनले भारतीय ७ जना विद्यार्थी घर फर्किन नपाएर फँसेको छन भने, प्रतापपुर गाउँपालिका ७ सुर्यपुरा स्थित मदरसा दारुल किताबुल सुन्नतमा पनि १५ जना विद्यार्थी र पाल्हीनन्दन गाउँपालिका ३ बेलासपुर धार्मिक स्थल जालिम शाह मजारमा पनि ३५ जना भारतीय भक्तजनहरु पनि लकडाउले फँसको अनुगनमा पाइएको छ । उनीहरु लकडाउन पुर्व नै आएको र घरफर्किन नपाएर फँसीरहेको हुँदा उनीहरुलाई सम्बन्धित स्थानिय तहबाट खाद्यान्न सामाग्री प्रदान गराइएको र उनीहरुको जिल्ला प्रसासन कार्यालयको समन्वयमा क्रोना परिक्षण समेत गराउने समितिको योजना रहेको समिति सदस्य हैदर अलि मोमिनले सम्मेलनमा जानकारी दिए ।

अनुगमनको क्रममा जिल्लामा धार्मिक सहिष्णुत्ता कायम रहेको मुस्लिम समुदायले लकडाउनको पाल्ना गरेको, र सबै मदरसाहरु बन्द रहेको समितिको ठहर छ । लकडाउन नभयाएसम्म यस समितिले जिल्लामा मस्जिद मदरसाहरुको अनुगमन गर्ने र मुस्लिम समुदायका समस्याहरु सामाधानका लागि आवश्यक पहल गर्ने समितिले जनाएको छ ।

यता जिल्ला समन्वय समिति प्रमुख शिव शंकर राय, जिल्ला प्रमुख अधिकारी बासुदेव दहाल, नेकपा संयोजक भविष्वर तिवारी, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य पुरुषोत्तम सुबेदी, उद्योग बाणिज्य संघका अध्यक्ष केशव भण्डारी, फैजाने अहलेबैत संस्थाका अध्यक्ष सैयद हाजी गुलाम हुसैन मिँया, समिति सदस्य बुद्धन अलि लगायले यस माहामारीबाट बच्न सबै एकजुट भएर लाग्न पर्ने निष्कर्ष निकालेका थिए । बक्ताहरुले यसबेलामा सबै सरोकारवाला र सबै समुदाय मिलेर सिमामा अवैध आवतजावत रोक्ने र प्रशासनलाई सहयोग गर्ने बताए ।

मुस्लिम आयोगले पुर्वी पश्चिम नवलपरासीको मस्जिद मदरसा अनुगनका लागि भेष बहादुर खराल (ईस्हाक) को संयोजकत्वमा गठन गरेको अनुगनम समितिमा सदस्य हैदर अलि मोमिन, ईजहार खान, करम हुसैन, एनुल हक अंसारी, मौलाना सैयद गुलाम हुसैन मिँया, बुद्धन अलि र पत्रकार हुसैन अंसारी रहेका छन् । पश्चिमी नवलपरासीको अनुगमन सकिएपनि अझै पुर्वी नवलपरासीका मस्जिद मदरसाहरुको अनुगमन कार्य भने बाँकी नैरहेको संयोजक खरेलले जानकारी दिए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution