नेपालमा थप १७ जनामा कोरोना पुष्टि ९९ पुग्यो संख्या
याम्बु – नेपालमा थप १७ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ । यसरी संक्रमित हुनेमध्ये १ जना २ महिनाको शिशु समेत परेका छन् । स्वाथ्य मन्त्रालयले नयाँ संक्रमितको पुष्टि गरेको छ । संक्रमित हुने नयाँ विरामीहरुमा शिशुसहित १० जना पुरुष र ७ जना महिला रहेका छन् ।
नयाँ १७ जनासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९९ जना पुगेको छ । अहिलेसम्म २२ जना निको भएर घर फर्किसकेका छन् ।