हेडलाईन

नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन         नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै         आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खुल्यो         तामाङहरूको मौलिक कला तथा संस्कृति बिषयक भर्चुअल संवाद तथा अन्तरक्रिया कार्यक्रम हुदै         आदिवासी जनजाति साहित्यकार महासंघ गठन,संयोजकमा राजन मुकारुङ         घेदुङ इजरायलद्वारा तामाङ पुरूष भेषभुषा प्रतियोगितामा भाग लिन आव्हान         यसपाली माघ १ गते सार्वजनिक बिदा हुने         नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार चयन         तामाङ घेदुङ इजरायलले जुमअनलाइन मार्फत सोनाम ल्होछार २८५७ को शुभकामना आदानप्रदान गर्ने         इजरायलमा माघ्या सकराटी पर्व जुम अनलाइन मार्फत शुभकामना आदानप्रदान सहित मनाउदै         संघीयता:नेपालकोबाट संसार भर फैलियो         आज तमु ल्होसार,तमु ह्यल छोंजधिले जुम मार्फत शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         य:मरी पुन्हि अले मतिना पारु         नेकपा प्रवास संगठनका केन्द्रिय ‘अध्यक्ष र सचिव’ प्रचण्ड-नेपाल समुहमा         नेकपा प्रवास संगठन नेताहरु कुन देशबाट को कता ? नामावली सहित        

 वुहानअघि पेरिसमा कोरोना संक्रमण देखिएको फ्रान्सेली डाक्टरको सनसनीपूर्ण खुलासा 

याम्बु । फ्रान्सको राजधानी पेरिसमा गत वर्ष डिसेम्बर २७ मा एक बिरामीलाई निमोनिया भएको थियो। तर उपचारमा संलग्न चिकित्सक ती बिरामी कोरोनाभाइरस संक्रमित रहेको खुलासा गरेका छन्।

पेरिसस्थित एभिसेन एन्ड जिनकर्डियर अस्पतालका डाक्टर इवेन्स कोहेनले हालै फ्रान्सको ब्रोडकास्टर बीएफएम टीभीमा यस्ता खुलासा गरेका हुन्। उनले भनेका छन्, ‘त्यतिखेर ती बिरामीबाट लिइएको स्वाबको परीक्षण हालै गर्यौँ, त्यसमा कोरोना पोजेटिभ देखियो। यो रिपोर्ट ती बिरामीमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ।’

५० वर्षीय ती व्यक्ति अहिले पूर्ण रुपमा ठिक छन्। तर उनले आफू कतै नगएको र कुनै बिरामीको संगतमा पनि नरहेको जानकारी गराएका छन्। अहिलेसम्म सारा विश्वलाई कोरोनाभाइरसको उत्पत्ति चीनको वुहान सहरबाट भएको थाहा छ। जब कि वुहानमा गत वर्ष डिसेम्बर ३१ मा पहिलोपटक कोरोना संक्रमित फेला परेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जानकारी गराएको थियो। त्यतिखेर विश्वका अन्य मुलुकमा कोरोना संक्रमण देखिएको थिएन।

उता फ्रान्समा पहिलोपटक जनवरी २४ मा तीनजनामा कोरोना संक्रमण देखिएको डब्ल्यूएचओले जनाएको थियो। जसमा दुईजना चीनको वुहानबाट फर्केका र अर्का एकजना उनीहरुका परिवारकै सदस्य भनिएको छ।

डा कोहेनले गत वर्ष डिसेम्बर र यो वर्ष जनवरीमा फ्लुजस्ता लक्षण देखिएका हरेक बिरामीको फाइल एकपटक पुनः पल्टाउन आवश्यक रहेको बताएका छन्। ‘मैले यो बीच १४ जना बिरामीको स्वाब नमुना संकलन गरेर राखेको छु’, उनले भने, ‘त्यतिखेर पनि ती १४ जनाको स्वाब परीक्षण भएको थियो। जसमा एकजनामा कोरोना पोजेटिभ देखिएको थियो।’

कुनै गल्ती नहोस् भने फेरि पनि आफूहरुले ती संक्रमित व्यक्तिको स्वाब परीक्षण दोहोर्याएर गरेको डा कोहेनले बताए। ‘तर उनको रिपोर्ट पोजेटिभ नै आयो’, उनले भने।

डा कोहेनले यसबारेमा नेसनल हेल्थ एजेन्सीलाई जानकारी गराएका थिए। ‘अरु बायरोलोजिस्टलाई पनि हाम्रो अस्पतालमा भर्ना भएका बिरामीहरुको स्वाब टेस्टिङ गर्न माग गरेका थियौँ’, उनले भने।

डा कोहेनले यो साताको अन्त्यसम्म सबै रिपोर्ट आउने बताए। त्यसपछि ती रिपोर्टलाई जर्नल अफ एन्टीमाइक्रोबिअल एजेन्ट्समा प्रकाशित गरिने पनि उनले जानकारी दिए। – बीबीसीबाट भावानुवाद






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution