हेडलाईन

इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने        

इजरायलद्वारा कोरोनाविरुद्धको भ्याक्सिन विकास गरेको दाबी, छिटै उत्पादन सुरु गर्ने

याम्बु । प्रविधिका लागि प्रसिद्ध देश इजरायलले आफूले कोरोनाभाइरसविरुद्धको भ्याक्सिन बनाएको दाबी गरेको छ। इजरायलका रक्षामन्त्री नैफताली बेन्नेटले यस्तो दाबी गरेका हुुन्। उनका अनुुसार इजरायल इन्स्टिच्युट फर बायोलोजिकल रिसर्च (आईआईबीआर) लाई कोरोनाको एन्टीबडी विकास गर्नमा सफलता प्राप्त भएको हो।

रक्षामन्त्री बेन्नेटले सोमबार इजरायलको आईआईबीआर संस्थानले कोरोनाविरुद्धको भ्याक्सिन विकास गरेको दाबी गरेका थिए। उनले उक्त संस्थानले एन्टीबडी बनाइसकेको र भ्याक्सिन विकास गर्ने चरणको अन्त्यतिर पुुगिसकेको बताएका छन्।

बेन्नेटका अनुुसार अब इजरायलले यसको प्याटेन्ट र ठूलो मात्रामा उत्पादनको तयारी सुरु गरिसकेको छ।

आईआईबीआर विश्वकै सबैभन्दा गुुप्त संस्थान हो। यहाँ भएका प्रयोगहरुका बारेमा बाहिरी विश्वका मानिसलाई कमैमात्रै जानकारी हुुने गर्दछ।

नेसजियोना इलाकामा रहेको यो प्रयोगशालाको भ्रमणपछि बेन्नेटले भ्याक्सिन बनाउने खुुसीको खबर विश्वभरका मानिसलाई दिएका छन्। यो खबर टाइम्स अफ इजरायलको वेबसाइटलगायत कयौँ मिडियामा प्रकाशित भएका छन्।

बेन्नेटले यो एन्टीबडीले मोनोक्लोनल तरिकाबाट कोरोनाभाइरसमाथि हमला गर्ने बताएका छन्। उनका अनुुसार यसले संक्रमित व्यक्तिको शरीरभित्रै कोरोनाभाइरसलाई मार्ने काम गर्दछ। यसपछि भाइरस शरीरको अन्य भागमा र व्यक्तिमा सर्न पाउँदैन।

आईआईबीआर इजरायलको रक्षा मन्त्रालय अधिनमा रहेको छ। यो प्रयोगशालामा अब यो भ्याक्सिनको प्याटेन्ट दर्ता गर्ने प्रक्रिया शुुरु गरिएको छ। यसपछि यो भ्याक्सिनलाई ठूलो संख्यामा उत्पादन गरिनेछ ता कि विश्वभरका मानिसहरुले यसबाट लाभ उठाउन सकुुन्।

बेन्नेटले अन्तर्राष्ट्रियस्तरमा यसको उत्पादनका लागि विश्वभरका कम्पनीहरुसँग कुुरा गर्ने बताए। उनले आफू यो रिसर्च सेन्टरको सम्पूर्ण टिमप्रति गौरवभान्वित भएको बताए। तथापि उनले यो भ्याक्सिनको मानवपरीक्षण अर्थात क्लिनकल परीक्षण भयो कि भएन भन्ने विषयमा कुुनै कुुरा खुुलाएनन्। – एजेन्सी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution