नेपालमा कुल संक्रमितको संख्या ७५ , आज एकैदिन १५ जनामा भाइरस पुष्टि

याम्बु – नेपालगन्जमा मात्रै आइतबार एकैदिन १५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । आइतबार दिउँसो त्यहाँ ९ जनामा संक्रमण पुष्टि भएको थियो । फेरि साँझसम्ममा थप ६ जना संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालगन्जमा मात्रै आइतबार कुल १५ जनामा भाइरस पुष्टि भएको छ । यस्तै आइतबार नै पर्सामा पनि १ जनामा भाइरस संक्रमण भेटिएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालगन्जमा थप नयाँ संक्रमित हुनेहरु १६, २१ र ३४ वर्षका पुरुष तथा ४०, ५५ र ६० वर्षका महिला रहेका छन् । भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा नेपालगञ्ज उपमहानगरपालिका ८ का ६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण देखिएका सबै १५ जना एउटै गाउँको भएको बताइएको छ । हुन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या ७५ पुगेको छ । १६ लाई निको भइसकेको छ ।