हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

अध्यक्षद्वय ओली र प्रचण्ड नजिकिएपछि झस्के नेपाल

याम्बु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केहि समझदारी भएको चाल पाएपछि वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दुई अध्यक्षहरु मिल्दैमा पार्टीको समस्या समाधान नहुने बताएका छन्।

सचिवालय बैठकमा बोल्ने क्रममा नेपालले नेताहरुबीच समझदारी हुनु र आपसी एकता गरेर अघि बढ्ने कुरा आफैमा सकारात्मक भए पनि केवल दुईजना नेता मिलेर मात्रै पार्टीमा उठेका विषय सुल्झेको ठान्न नहुने बताएका थिए।

‘माधव कमरेडले बैठकमा बोल्दै नेताहरु मिलेर जाने विषय राम्रो भएपनि दुई जना नेताले चोँचोमोँचो मिलाएर मात्रै समस्या समाधान नहुने बताउनु भयो,’ पार्टीका एक सचिवालय सदस्यले बैठकपछि भने।

बैठकमा दुई अध्यक्ष ओली र प्रचण्ड मिलेर आफूलाई फेरि किनारा लगाउन खोजेकोतर्फ नेपालले संकेत गरेका थिए। ओली र दाहालले राखेका धारणा सुनेपछि बोलेका नेपालले त्यसपछि असन्तुष्टि व्यक्त गरेका हुन्।

सचिवालय बैठक सुरु हुनुअघि ओली र दाहालबीच छुट्टै भेटघाट भएको थियो। सो भेटमा के सहमति भयो भन्नेबारे केहि सार्वजनिक गरिएको छैन।

ओली र प्रचण्डबीच शुक्रबार पनि छुट्टै भेट भएको थियो।

प्रधानमन्त्री ओलीले एकलौटी रुपमा सरकार र पार्टी सञ्चालन गरेको भनी त्यसको बिरोध गर्दै प्रचण्ड र नेपालले असन्तुष्ट नेताहरु सम्मिलित भैसेपाटी गठबन्धनको नेतृत्व गर्दै आएका थिए।

प्रधानमन्त्री ओलीले प्रचण्डसँग समझदारी विकास गर्ने प्रयास गरिरहेको चर्चा चलिरहेका बेला शनिबारको बैठकमा नेताहरुको सिट व्यवस्थापनमा समेत त्यसको संकेत दिइएको थियो।

यसअघि प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई छुट्टै र अरु सबै सदस्यहरुलाई दुई लहरमा सामान्य सिटको व्यवस्था गरिएकोमा शनिबार ओली र प्रचण्डलाई एउटै लहरमा उस्तै कुर्सी र अरु सदस्यहरुलाई एकप्रकारको सिट व्यवस्थापन गरिएको थियो।

बैठकमा दुई अध्यक्षले धारणा राख्ने क्रममा पनि केहि फरक संकेत पाएपछि नेता नेपालले आफ्नो असन्तुष्टि व्यक्त गरेको उनीनिकट एक नेताले जानकारी दिए।

यसअघि बुधबार भएको सचिवालय बैठकमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट ओलीले राजिनामा दिनुपर्ने विषयमा उठेको थियो।

‘आजको बैठकमा केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने विषय कसैले पनि उठाउनु भएन,’ एक सचिवालय सदस्यले भने, ‘बैठक र सरकारलाई पद्धति अनुसार चलाउनु पर्ने धारणा आएको थियो।’

दाहाल र नेपाल समूहले ओलीले सरकार र पार्टी दुवैको नेतृत्व गर्न नसक्ने निष्कर्ष निकाल्दै दुवै पद छाड्नु पर्ने माग गर्दै आएका थिए।

सचिवालयका बहुमत सदस्य सहितको भैसेपाटी गठबन्धनले एकमतले यसअघिका बैठकहरुमा एकमतले ओलीलाई दबाब दिएपछि उनी निकै अप्ठेरोमा परेका थिए।

स्रोतका अनुसार ओलीले प्रचण्डलाई आफू सरकार सञ्चालनमा केन्द्रित हुने र उनलाई पार्टी सञ्चालनमा थप भूमिका दिने आश्वासन दिएर उनलाई मनाएका हुन्।

अर्का नेता वामदेव गौतमलाई प्रतिनिधि सभामा चुनावै जितेर ल्याउने वातावरण बनाउने र त्यसो हुँदा उनलाई प्रधानमन्त्री बन्नेसम्म कुनै अड्चन भनी फकाएको बताइएको छ -नेपालखबर






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution