पोर्चुगलमा धादिङका प्रेम तामाङको मृत्यु

पोर्चुगल फारोमा बस्दै आएका एक नेपालीको मृत्यु भएको छ। धादिङ निलकण्ठ नगरपालिका १ काउले घर भएका ४८ वर्षीय प्रेम तामाङको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो। उनी ५ वर्षदेखि पोर्चुगलमा थिए। जहाँ उनी एक कम्पनीमा काम गर्थे।
लडेर आगामा परेका उनलाई उपचारका लागि फारो अस्पताल भर्ना गरिएकामा उपचारकै क्रममा उनको मृ्त्यु भएको हो। मस्तिष्कमा रगत जमेर उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
घटनाको जानकारी पाएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए), क्षेत्रीय समन्वय परिषद् अल्गार्भका अध्यक्ष अनिल शर्मा अस्पताल पुगेका थिए। मृतककी एक छोरी पोर्तुगलमै छिन्।