हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

एनआरएनए इजरायलकी अध्यक्ष ज्ञवालीद्वारा पदबाट राजिनामा,काम खोसेको आरोप

तेलअविव – एनआरएए-एनसिसी इजरायलकी अध्यक्ष शान्ती अधिकारी ज्ञवालीले पदबाट राजिनामा दिएकी छिन् । उनी  माथि  काम खोसेको आरोप इजरायलमा केहि दिन अघि देखि सामाजिक संजाल फेसबुकमा आएको थियो । तर आज बिहिबार साँझ  नेपाली भाषी भारतिय पासपोर्टवाहक ज्योति कार्कीले आफूले गर्दै आइरहेको काम अध्यक्ष ज्ञवालीले खोसेपछि काम छोड्दै हिड्नु परेको भन्दै घरबाट निस्किदै गरेको फेसबुक लाइभमा आएकी थिइन् । कोरोनको कारण अरु घरभित्र बस्नु परेको बेला आफुलाई भने अध्यक्ष ज्ञवालीले घरबाट सडकमा पुर्याएको लाइभमा बताएकी थिइन् । कार्कीको फेसबुक लाइभ आएपछि ज्ञवालीले राजीनाम दिएकी हुन् ।

एनआरएनए-आइसिसी सदस्यलाई सम्वोधन गर्दै लेखिएको उक्त राजिनामा पत्रमा भनिएको छ – “एउटा गरिमामय संस्थाको अध्यक्ष माथि वास्तविकता वुझेर होस या नवुझीकनै, या वुझपचाएर होस् या व्यक्तिगत रिसइवी साँचेर होस यसरी भइरहेको एकोहोरो प्रहार सहन सक्ने क्षमता मसँग नभएको होइन” भन्दै अगाडि भनिएको छ – “नितान्त मेरो व्यक्तिगत विषयलाई समेत गरिमामय संस्थासँग जोडेर जुन किसिमले बद्नाम गर्ने कोसिस गरियो यसले ममाथि मात्र नभई सिंगो संस्थाको औचित्य र नैतिकतामाथि समेत गम्भिर प्रश्नहरु खडा भएका छन् । त्यसैले म संस्थाको गरिमालाई सदैव उच्च सम्मान गर्दै त्यसको रक्षार्थ यस गरिमामय संस्थाको गरिमामय पदबाट राजिनामा दिएको घोषणा गर्दछु ।“

करिव डेढ महिना अघि अध्यक्ष ज्ञवालीको गर्दै आइरहेको रोजगारी समाप्त भएपछि उनी इलिगल अवस्थामा रहने अवस्था पुगेकी थिइन । एकै घरपरिवारमा भिषा लाग्ने भएपछि करिव ४ महिना देखि मात्र काम गर्दै आइरहेकी पिडित भनिएकी  ज्योती कार्कीले गर्दै आइरहेको काममा सहज रुपमा भिषा लाग्ने हुँदा ज्ञवालीले सबै डकुमेन्ट मिलाउने प्रक्रियामा रहेको बुझ्न आएको छ । ज्ञवाली यसरी कामको लागि जाँद क्षेत्री बेरोजगार हुने निश्चित भएको हो ।

राजिनामाको पूर्ण अंश :






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution