हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

इजरायलमा कोरोना संक्रमित नेपाली निको भईन् , सान्त्वान दिने सबैलाई धन्यवाद

तेलअविव – इजरायलमा कोरोना संक्रमित भएकी नेपाली  निको भएकी छिन् । उनको तेश्रोपटक टेस्ट गर्दा  रिपोर्ट नेगेटिभ आएको छ । दुई हप्तामा एकपटक गरिने टेस्ट यसअघि दोश्रो पटकमै नेगेटिभ आईसकेको थियो । अहिले तेश्रोपटक अर्थात् अन्तिमपटकको टेस्टको रिपोर्ट नेगेटिभ आए संगै निको भएकी हुन्  ।

तामाङअनलाइन संगको संवादमा सबैभन्दा पहिला सुरुमा आफु कार्यरत घरपरिवारको दुई जनालाई कोरोना संक्रमित भएको जानकारी थाह पाएपछि सार्है अतालिएको बताईन् ।  कोरोना संक्रमित भएको हो होइन टेस्ट गर्नु अघि रोगले भन्दा डरले सताएको बताइन । पहिलोपटकको टेस्ट गरेको रिपोर्ट पोजेटिभ आएपछि झनै डर लागेको बताईन् ।  संक्रमित अवस्थामा नेपाली दुतावास इजरायल,शेर्पा संघ इजरायलका अध्यक्ष लाक्पा शेर्पा लगायत चिनजनाका साथीभाइले फोन मार्फत नअतालिन सुझाव दिदै धेरै सान्त्वना दिएको बताईन्  ।

उनको अनुसार आफु कार्यरत परिवारको दश जनालाई कोरोना संक्रमित भएको र हाल सबैको रिपोर्ट नेगेटिभ आईसकेको बताईन् । संक्रमित सबै जना डाक्टरको निगरानीमा घरमै उपचार र एकान्तवसमा बसेका थिए । खानेकुराहरु सबै अर्डर मार्फत  ट्याक्सीले घरको ढोका सम्म ल्याएका रहेछन् । परिवारको सदस्यहरु सबैलाई घरबाट  बाहिर निस्कन अनुमति नभएको र बेलाबेलामा प्रहरीले आएर हेर्दै गएको बताईन् ।

लामो समयसम्म एकान्तवासमा बस्दा  दिन काट्न मुस्किल भएको बताईन् । शारीरिक रुपमा धेरै पिडा नभएपनि मानसिक रुपमा सधै आफु बिरामी छु भन्ने सोचेले तनावमा भएको बताईन् ।

संक्रमित अवस्थामा सम्पर्क गरेर सान्त्वना दिनु हुने सबैलाई धन्यवाद व्यक्त गर्दै आफुलाई नयाँ  जिवन पाएको अनुभूति भएको उनले बताईन् ।

इजरायलमा बिहिबार साँझ ८ बजेको समाचार अनुसार  स्वास्थ्य मन्त्रालयले दिएको जानकारी  अनुरुप  कोरोना संक्रमितको जम्मा संख्या १५९४६ जना , हाल उपचारको क्रममा रहेको संक्रमितको संख्या ७१६३ , सिरियस अवस्थामा १०५  जना र हालसम्म ८५६१ जना निको भईसकेको जनाएको छ ।

इजरायलमा कोरोना संक्रमितलाई दुई हप्ताको बिचमा गरिने टेस्ट तेश्रोपटक नेगेटिभ आएमा निको भएको मानिएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution