हेडलाईन

नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)         इजरायलमा मणि पूजा तथा प्रवचन कार्यक्रम हुदै         डिभी लटरी आजबाट खुल्यो         नेपाली काँग्रेसका १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिमा तामाङद्वय निर्वाचित         नेपाल तामाङ कलाकार संघको अध्यक्षमा बिश्व दोङ निर्वाचित         इजरायलमा नेपाली चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम हुदै         जसपा नेपालको प्रबास विशेष प्रदेश समितिले संगठन सुदृढीकरण तथा जनजागरण अभियान अभिमुखीकरण कार्यक्रम गर्ने         नेवा: खल: इजरायलले चोथा: पूजा तथा हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         आज तामाङ पहिचान तथा ज्ञान दिवस (गोने ङ्ञा)         इजरायल घेदुङले तामाङ पहिचान र ज्ञान दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गर्दै         नेपाली समाज इजरायलको प्रथम अधिवेशनबाट अध्यक्षतामा अनिला तामाङ चयन         इजरायलमा २७ औं विश्व आदिवासी दिवस अनलाइन भर्चुअल मार्फत मनाउने         इजरायलमा भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा फुटसल प्रतियोगिता हुने        

कोटेश्वरमा ओली र नेपाल पक्षका मुख्य नेताबीच छलफल हुँदै

याम्बु – सत्तारूढ नेकपाको विवादका विषयमा वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा निर्णायक छलफल हुने भएको छ।प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपाल पक्षका नेता छलफलमा जुट्न लागेका हुन्।छलफलअघि बिहान प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच एक्लाएक्लै छलफल भएको थियो।

नेपाल र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक ठाउँमा उभिएपछि प्रधानमन्त्री ओली पार्टीभित्र अल्पमतमा छन् । नेकपाभित्र सरकारको समीक्षाको माग गर्दै स्थायी समिति सदस्यले बैठक बोलाउन माग गर्दै अध्यक्षद्वयलाई आग्रह गरेका छन्।

स्थायी समिति बैठकबाट आफ्नो विपक्षमा माहौल खडा हुने देखिएपछि प्रधानमन्त्री ओलीले छलफल तीव्र पारेका छन्।’अहिले नेताहरू बस्दै हुनुहुन्छ’, एक नेताले भने, ‘ओली पक्षबाट कस्तो प्रस्ताव आउँछ, त्यसबाटै छलफल निर्णयमा पुग्छ।’

स्रोतका अनुसार ओली पक्षबाट प्रधानमन्त्री ओलीले अध्यक्ष छाड्ने र नेता नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव आउने सम्भावना छ। नेता नेपाल यस विषयमा सकारात्मक रहेको स्रोतले बतायो।

छलफलमा ओली पक्षबाट ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली सहभागी हुँदैछन्। नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी हुँदैछन्।

पार्टी अध्यक्ष पद हस्तान्तरण गर्ने, मन्त्रिपरिषद् हेरफेर, केही मुख्यमन्त्रीहरू फेरबदललगायतका विषयमा समेत ठोस छलफल हुने अपेक्षा नेपाल पक्षको छ @ सेतोपाटी






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution