नेपालमा संक्रमितको संख्या ४९, झापाका पुरुषमा कोरोना पोजेटिभ

याम्बु – झापामा एक पुरुषमा कोरोना संक्रमण भेटिएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा एक ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।
उनको अवस्था सामान्य रहेको छ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ।