हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

क्वारेन्टाइनमा रहेकी अविवाहित युवतीले जन्माइन् मृत शिशु

ओखलढुंगा । उदयपुरको त्रियुगा नगरपालिका २ बाट एक युवती गत चैत्र ९ गते ओखलढुंगा आइपुगिन् । मोलुङ गाउँपालिकाकी ती युवती ९ गते बेलुकाबाटै रामपुरमा रहेको महिला क्वारेन्टाइनमा बस्न थालिन् । उमेर १६ वर्ष बताउने ती युवती क्वारेन्टाइनमा बस्न आउँदा अनुहारमा मलिनता र बिरामी जस्तो देखिन्थिन् ।

उनलाई क्वारेन्टाइनमा खटिने महिला स्वास्थ्यर्मीले आराम गर्न भनेपछि त्यो रात उनले क्वारेन्टाइनमै आराम गरेर बिताइन् । भोलिपल्ट दिउँसो उनलाई एक्कासी पेट दुख्न थाल्यो । एकैछिनमा शरीरबाट रगत बग्न थाल्यो र त्यहाँ खटिएका स्वास्थाकर्मीहरुले गाडीमार्फत अस्पताल पठाउने तयारी गर्दागर्दै शौचालयमा गएर उनले मृत शिशु जन्माइन् । अविवाहित युवतीले मृत शिशु जन्माएपछि त्यहाँ रहेका सबै कर्मचारीहरु आश्चर्य चकित भए ।

‘बच्चा हेर्दा करिब ६ महिना जतिको देखिन्थ्यो’ गाउँपालिकाका स्वास्थ्य संयोजक बेदहरि दाहालले भने । उनले बच्चाको अवस्था हेर्दा युवतीको पेटभित्रै दुई दिनदेखी बच्चा मरेको हुनसक्ने अनुमान गरे । त्यसपछि मृत बच्चालाई प्रहरीले सर्जिमिन मुचुल्का गरी पोष्टमाटमका लागी जिल्ला अस्पताल रुम्जाटार पठायो भने महिलालाई उपचारका लागी ओखलढुंगा सामुदायिक अस्पतालमा राखियो । तर जिल्ला अस्पतालले उक्त मृत शिशुको पोष्टमाटम गरेको छैन । तर ती युवतीले उक्त शिशु कसरी भयो भनेर आफुलाई थाहा नभएको बताइन् । उनले उदपुरबाट घर आउन हप्तादिन अघिमात्रै एकजनाले औषधी दिएको बताइन् । उनी ७ महिनादेखी उदयपुरमा बस्दै आएकी थिइन् । उनको हाल ओखलढुंगा सामुदायिक अस्पतालमा आईशोलेसनमा राखेर उपचार भैरहेको र स्वास्थ्य अवस्था समेत सामान्य रहेको अस्पतालका निर्देशक युवराज आचार्यले बताए ।

उनले जन्माएको मृत बच्चाको भने कोरोना त्रासका कारण जिल्ला अस्पताल रुम्जाटारले पोष्टमाटम गरेको छैन । ‘युवती कोरोना फैलिएको छेत्रबाट ९ गतेमात्रै जिल्ला आएको बुझियो, उनको कोरोना परीक्षण पनि भएको छैन,यस्तो अवस्थामा हामीले कसरी उनले जन्माएको बच्चाको पोष्टमाटम गर्नसक्छौ ?’ अस्पतालका सूचना अधिकारी उमा गुरुङले भनिन् । युवतीको कोरोना परीक्षणपछि मात्र बच्चाको पोष्टमाटम गरिने उनले दोहो¥याईन् । उक्त बिषयमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख रुपेश खड्काले अनुसन्धान भैरहेको प्रतिकृया दिए । ‘यो गम्भीर अपराध हो, अहिले उनी (युवती) अस्पतालमा उपचाररत छिन् उनको डिस्चार्जपछि थप सोधपुछ गरिनेछ’ खड्काले भने @रातोपाटी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution