नेपालमा थप २ जनामा कोरोना संक्रमण, ४७ पुगे संक्रमित

याम्बु – नेपालमा थप ३ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि भएको छ। बिहीबार मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङका मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
यापिड परीक्षणमा कोरोना पोजेटिभ आएपछि थप परीक्षणका क्रममा थप तीन जनामा कोरोना संक्रमण देखिएको डा देवकोटाले जानकारी दिए। उनीहरु क्वारेन्टाइनमा रहेकाले उपचारका लागि अस्पताल ल्याइरहेको उनले बताए। जनकपुर र उदयपुरका २ जनामा कोरोना संक्रमण देखिएको उनले बताए।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार यो सहित संक्रमण देखिएको संख्या नेपालमा ४७ पुगेको छ। यीमध्ये ९ जना उपचारपछि निको भइसकेका छन्।