हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

बिदेशमा समस्यामा परेका श्रमिकलाई उद्धार गर्न सर्वोच्च अदालतको आदेश

याम्बु- सर्वोच्च अदालतले वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका श्रमिकलाई उद्धारको पहल गर्न आदेश दिएको छ।अधिवक्ताहरू सोमप्रसाद लुइँटेल, नरेन्द्रप्रकाश खनाल र सुदीप देवकोटाले दायर गरेको रिटमा बिहीबार सर्वोच्चले यस्तो आदेश दिएको हो ।

कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै सरकारले कुनै पनि मुलुकबाट नेपालीलाई घर फर्कन दिएको छैन। जसले गर्दा वैदेशिक रोजगारीको क्रममा रहेका ठूलो संख्याका नेपाली समस्यामा पर्दासमेत घर फर्कन पाएका छैनन्।

अधिवक्ता सोमप्रसाद लुइटेलले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासबाट भएको अन्तरिम आदेशमा वैदेशिक रोजगारीको क्रममा रहेका नेपालीलाई फिर्ता ल्याउने/उद्धारका लागि आवश्यक प्रशासनिक, आर्थिक र व्यवस्थापकीय पहल गर्न भनिएको छ। एकातिर वैदेशिक रोजगारीमा रहेका नेपाली कोरोना भाइरसको जोखिममा रहेका र अर्कोतर्फ उपचारमा पहुँच नभएको अवस्थामा सरकारले केही नगर्दा विदेशमा रहेका नेपालीको मानसिक, शारीरिक अवस्थामा जोखिम पर्ने र त्यसले अन्ततः त्यसले गर्दा परिवारसमेत समस्यामा पर्ने सर्वोच्चको ठहर छ।

सर्वोच्चले नेपाली राजदूताबासमार्फत संक्रमितको स्वास्थ्य स्थिति प्रतिवेदन तत्काल तयार गर्न लगाई विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम स्वास्थ्य सेवा प्राप्त गर्ने व्यवस्था मिलाउन पनि भनेको छ। कोरोना भाइरसको संक्रमण फैलिएपछि विदेशमा रहेका श्रमिकलाई सरकारले कुनै वास्ता नगरेको आवाज उठ्दै आएको छ।

वैदेशिक रोजगार विभागका अनुसार हालसम्म श्रम स्वीकृति लिएर करिब ४६ लाख विदेश गएका छन्। तीमध्ये करिब २५–३० लाख अझै विभिन्न गन्तव्य मुलुकमा रहेको अनुमान छ। रोजगारीका लागि विदेश गएकामध्ये हालसम्म करिब पाँच सय कोरोना भाइरसबाट संक्रमित भएको र एक जनाको निधन भएको तथ्यांक छ। वैदेशिक रोजगार ऐन २०६४ को दफा ७५ मा नेपाली कामदार रहेको मुलुकमा युद्ध, महामारी, विपत्ति पछि कामदारलाई नेपाल सरकारले फिर्ता गर्नुपर्ने उल्लेख छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution