बेलायतमा कोरोना भाइरसको संक्रमणबाट पूर्वगोर्खा सैनिक तामाङको निधन

लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट थप एक नेपालीको ज्यान गएको छ।
धनकुटा हात्तिखार्का १ माकलुंग स्थायी घर भई लण्डन वोएस्ट ड्राईटन्टमा बसोबास गर्दै आएका पूर्व गोर्खा सैनिक हरिमान तामाङको स्थानीय हिलिङ्डन हस्पिटलमा बुधबार निधन भएको तामाङ सोसाइटी अफ बेलायतका पुर्व अध्यक्ष एवम् वर्तमान सल्लाहकार धर्म तामाङले जानकारी दिनु भएको छ ।
८२ वर्षीय तामाङलाई रुघा, खोकीको लक्षण देखिएपछि अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखिएको थियो।
वहाँ श्रीमती , छोरी कला तामाङ र जुवाई मणि तामाङ संगै बेलायतमा बसोबास गर्दै आईरहेका थिए ।
बेलायतमा अहिलेसम्म एक दर्जन बढि नेपालीको कोरोनाकै कारण मृत्यु भइसकेको छ । जसमध्ये केहि बाहेक अधिकांश भूतपूर्व गोर्खा छन् ।