पुँजिवादी व्यवस्थाको बिकल्पमा विविधतायुक्त प्रकृति मैत्री समाजवाद

– टासी लामा तामाङ
मानव जातिले प्रारम्भ कालदेखि प्रकृतिसँगको सहकार्यमा समाज र जीवन सञ्चालनको पद्दति र मान्यताहरुको विकास ग¥र्यो । प्रकृतिलाई उनीहरुले देवी र देवताको स्वरुप मानेर सम्मान र संरक्षण ग¥यो । जीवन प्रणालीको आधार बनायो । पृथ्वीमा मानव जाति, जीव, जनवार र प्रकृतिबीच सन्तुलित पर्यावरण निर्माण गरी हजारौं बर्ष सृष्टि सञ्चालन ग¥यो । तर पँुजिवादी युगको प्रवेशसँगै ती आदिवासीहरुले स्थापित गरेको मान्यताहरुलाई अस्वीकार गर्दै मानिसहरुले आफ्नो स्वार्थ र सुविधाको निम्ति प्राकृतिक साधन, स्रोतको असीमित दोहन ग¥यो र यसैलाई विकास र समृद्धिको रुपमा ब्याख्या ग¥यो । पहिलेदेखि अभ्यास गर्दै आएको ती मान्यताहरु रुढिवादी, अन्धविश्वास र परम्परावादी भन्यो र आधुनिकताको नाममा परिवर्तन गर्दै लग्यो । कुनैपनि विचार र वस्तुको उत्पत्ति, विकास र रुपान्तरण अनिवार्य नियम हो तर त्यो स्वभाविक, सन्तुलित र प्राकृतिक हुनु पर्दछ त्यसो गरिएन भने समृद्धशाली रुपान्तरण नभई बिध्वंसात्मक रुपान्तरण हुनेछ जुन मानिसहरुले अहिले गरिरहेका छन् । यसको प्रतिक्रिया स्वरुप मानव जातिले जलवायु परिवर्तन, भयानक प्राकृतिक प्रकोप, महामारी जस्ता अकल्पनीय बिपत्तिहरु झेल्नु परिरहेको छ र यो प्रक्रिया निरन्तर रहिरहेमा केही सय बर्षमै मानव सभ्यताकै अन्त्य हुने खतरा देखिन्छ ।
पछिल्लो २, ४ सय बर्ष यता पश्चिमाहरुले विकास गरेको संस्कृति, दर्शन, राजनीति र प्रबिधि सबैभन्दा उन्नत र बिकसित आधुनिक मानव सभ्यता भएको प्रचार गरियो । पुँजिवादी लोकतन्त्र निजि स्वामित्वमा आधारित यस्तो राजनीतिक प्रणाली हो जहाँ मानिसहरु एक्लाएक्लै प्रतिस्पर्धा गरी धनि र शक्तिशाली हुन् सक्दछ । यस्तो व्यवस्थामा मानिसहरु स्वभावैले आफु सबैभन्दा धनि र शक्तिशाली हुने असीमित महत्वाकांक्षी राख्दछ । त्यसो गर्न उत्पादनमा वृद्धि गरी बढीभन्दा बढी नाफा कमाउनु पर्ने हुन्छ जसको निम्ति त्यहि अनुसारको श्रमशक्ति र साधन श्रोतको आवश्यकता पर्दछ । त्यसैले मुलतः यो व्यवस्था मानवीय श्रम शोषण र प्राकृतिक साधन, स्रोतको दोहन गर्ने प्रतिस्पर्धाको व्यवस्था हुन पुग्यो ।
आफ्नो विशाल उत्पादनहरु खपतको निम्ति नयाँ नयाँ बजारहरुको खोजीको क्रममा भूमण्डलीकृत पुँजिवादी युगको प्रारम्भ भयो । बजारमा आफ्नो उत्पादनहरु खपतको निम्ति मानिसहरुमा त्यही अनुसारको उपभोग्य संस्कृति र जीवनशैली आवश्यक परेकोले उनीहरुले स्थानीय संस्कृतिहरुलाई नष्ट पार्दै आफु अनुकूलको संस्कृतिहरुलाई स्थापित गर्दै लग्यो । अहिले हाम्रो खानपान, पोशाक, जीवनशैली, भाषा, संस्कृति सबै उनीहरुले सिकाए अनुसारको छ र त्यहि अनुसारको वस्तुहरु हामी उपभोग गर्छौ । हाम्रो पुर्खाहरुले विकास गरेको प्रकृति मैत्री जीवनशैली अहिले हामीसँग छैन ।
विभिन्न कोणबाट कोरोना भाइरस (कोभिड–१९) उत्पत्तिको ब्याख्या गरेपनि वैज्ञानिकहरुले यो आणविक हतियार भएको पुष्टि गर्ने कुनैपनि प्रमाण अहिलेसम्म नभेटिएको बताएका छन् । यस अर्थमा यसको कारण कृतिम आणविक नभई प्राकृतिक नै हो भन्न सकिन्छ । मानवीय स्वार्थको निम्ति स्थापना गरेको अनियन्त्रित कलकारखाना, यातायात तथा अन्य साधनहरुबाट उत्पन्न कार्बन उत्सर्जन, वनजंगल विनाश र प्राकृतिक साधन, स्रोतको अत्याचारपूर्ण दोहन र शोषणबाट निर्मित दुषित बायुमण्डलको परिणाम स्वरुप कोरोना (कोभिड–१९) जस्तो रोगब्याधि र महामारी, जलवायु परिवर्तन र प्राकृतिक प्रकोपहरु भएको मान्न सकिन्छ ।
निजि नाफाको निम्ति थोरैले बहुसंख्यक मानिसहरुमाथि गरिने श्रमशोषण र प्रकृतिक साधन, श्रोतमाथिको असीमित दोहन र, भूमण्डलीकरणको नाममा विश्वब्यापी एकल संस्कृतिको राजबाट निर्माण भएको असमान कुरुप मानव समाज र दुषित तथा असन्तुलित पर्यावरणमा अब धेरै समय मानिसहरु बाँचिरहन सकिदैन । व्यक्तिको सर्बोच्चतामा आधारित यस्तो पुँजिवादी व्यवस्थाको बिकल्पमा सबै मानवीय र प्राकृतिक बिबिधता सहितको समाज वा जनताको सर्बोच्चता भएको राज्य र राज्य नियन्त्रित समाज –प्रकृति मैत्री समाजवाद ।
लेखक -बरिष्ठ उपाध्यक्ष अन्तर्राष्ट्रिय तामाङ परिषद्