हेडलाईन

तामाङ मौलिक गीत फापारे व्हाइ गायन प्रतियोगिता ताबान,आज चौथो दिन         तामाङ घेदुङ इजरायलको अध्यक्षमा सिता कुमारी घिसिङ तामाङ सर्वसम्मत चयन         आज किराँत धर्मगुरु फाल्गुनन्दको १३६ औं जन्म जयन्ति         तामाङ घेदुङका पूर्वसल्लाहकार तथा पूर्वसांसद् वीरबहादुर लामा तामाङको निधन         अमेरिकी चुनाव २०२० मा जो बाइडेन विजयी,को हुन् जो बाइडन ?         तामाङ घेदुङ साईप्रसको अध्यक्षमा लक्ष्मी ब्लोन तामाङ चयन         नेसो इजरायलद्वारा ७ जना संयोजकहरु चयन         तामाङ सोसाईटी अफ अमेरिकाको दशौ अधिवेशनबाट अध्यक्षतामा छेमाङ तामाङ चयन         इजरायलमा यसपाली मणिपूजा कार्यक्रम अनलाइन भर्चुअल मार्फत हुने         एनआरएन इजरायलले शुभकामना आदानप्रदान तथा वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने         इजरायलमा चाडपर्वहरुको अग्रिम शुभकामना आदानप्रदान कार्यक्रम हुदै         सानिमा जनरलको आईपीओमा आजदेखि आवेदन खुल्यो         तामाङ भाषाको गितसंगीतमा अन्तराष्ट्रिय टिकटक प्रतियोगिता हुने         हिन्दुधर्म बाहेकका समुदायलाई गाई पुज्नु बाध्यता बनाउनु विभेद हो : अशोक राई         एनआरएनए इजरायलले अनलाइन मार्फत स्वास्थ्य परामर्श कार्यक्रमको आयोजन गर्ने        

आज बसेको मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

याम्बु – सरकारले कोरोना भइरसको सम्भावित जोखिमबाट बच्नका लागि यही वैशाख १५ गते सोमबारसम्म लकडाउन कायम गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयबारेमा जानकारी दिनुहुँदै अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले नागरिकको सुरक्षाका लागि वैशाख १५ गते मध्यरातसम्म लकडाउन कायम राख्ने निर्णय गरेको बताए ।

विश्वव्यापीरुपमा कोरोना भइरसको सङ्क्रमण फैलने सम्भावना कायम नै रहेको हुनाले यही वैशाख १५ गते सोमबार मध्यरातिसम्म लागू हुने गरी लकडाउन कायम गर्ने निर्णय भएको छ”, मन्त्री डा खतिवडाले भने ।

अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री डा खतिवडाले  कोरोना भाइरसबाट सुरक्षित रहन छिमेकी मित्र राष्ट्रहरुले चालेको प्रयास र अभ्यासलाई समेत ध्यानमा राखेर काम गरिरहेको जानकारी दिए ।

उनले भने, “नेपालमा बसोबास गर्ने सबैलाई सुरक्षा दिनका लागि नेपालमा अन्तर्राष्ट्रिय सिमाना र खुला सिमानाबाट हुने आवतजावत बन्द गर्ने पहिलाको निर्णयलाई नै निरन्तरता दिएको छ, आदेशको पूर्ण पालना नगर्नेलाई कानूनबमोजिम कारवाही गर्ने निर्णय भएको छ ।”

सरकारले कोरोना सङ्क्रमण रोगको रोकथाम र नियन्त्रणका लागि जारी गरेको आदेश जनताको जीवन रक्षाका लागि भएको र हालसम्म यसको पालना गरी साथ दिएकोमा सबै नेपालीलाई धन्यवाद दिएको छ ।

बैठकले प्रशासन क्षेत्रका सहसचिव अर्जुन पोखरेललाई सचिवमा बढुवा गरी प्रदेश नम्बर २ को प्रमुख सचिवमा सरुवा गर्ने निर्र्णय गरेको छ ।

प्रदेश नम्बर २ मा रहेका मुख्य सचिवलाई सुदूरपश्चिम प्रदेशमा सरुवा गर्ने निर्णय गरेको छ  ।

बैठकले इञ्जिनयिरिङ क्षेत्रका सहसचिव सागर राईलाई सचिवमा बढुवा गरी नेपाल ट्रष्टमा पदस्थापना गर्ने र नेपाल ट्रष्टका सचिव रामकृष्ण सापकोटालाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सचिवमा सरुवा गर्ने निर्णय गरेको छ ।






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution