काठमाडौं सनसिटी अपार्टमेन्टमा बस्ने तीन जनामा र्यापिड टेष्ट पोजेटिभ

याम्बु : काठमाडौंमा थप तीन जनामा र्यापिड टेष्ट पोजेटिभ देखिएको छ। काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्ट-१५०१ मा बस्ने तीन जनामा र्यापिड टेष्ट पोजेटिभ देखिएपछि कोरोना परिक्षणका लागि पठाइएको छ।
पाटन अस्पतालका कोरोना फोकल पर्सन डा. आशिष श्रेष्ठका अनुसार उनीहरु तीन जनाकै र्यापिड टेष्ट पोजिटीभ देखिएको बताए। र्यापिड टेष्ट पोजिटिभ देखिएपछि तीन जनालाई नै कोरोना परिक्षणका लागि सोमबार साँझ पठाइएको छ। कोरोना परिक्षण रिपोर्ट आउन केही समय लाग्ने बताइएको छ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राइका अनुसार उनीहरु तीन जना नै पाटन अस्पतालमा भर्ना भएका छन्। एकै परिवारका उनीहरु ८१ वर्षीया आमा वृद्धासहित ५८ छोरा र ५६ वर्षीया बुहारी वर्षका रहेका छन्।
प्रहरीका अनुसार ५८ वर्षीय उनी गत मार्च ५ मा बेलायतबाट नेपाल आएका थिए। ५८ वर्षीया छोरालाई भेट्न र केही समय घुमघामका लागि बेलायत गएका थिए। प्रहरीका अनुसार अपार्टमेन्टमा बस्ने तीन जनालाई र्यापिड टेष्ट पोजेटिभ देखिएपछि सो बिल्डिङलाई नै लकडाउन गरिएको छ @अन्नपूर्ण