कुवेतमा ब्लड क्यान्सर उपचार्थ नेपाली चेली सोनी तामाङको मृत्यु

याम्बु – मेगाङ गाउँपालिका- ४ किस्पाङ, नुवाकोट घर भई करिब ४ महिना पहिले मात्र कुवेत आएकी ३७ बर्षिया सोनी तामाङको मृत्यु भएको छ।उनको स्वास्थ्यमा समस्या देखिए पछि करिब एक महिना अघि कुवेतको फर्वानिया अस्पताल पुर्याइएकोमा केही दिन पहिले मात्र उनलाई रक्त क्यान्सर भएको पत्ता लागेको थियो।
करिब ५ दिन पहिले कुवेतको स्वेयख क्यान्सर अस्पताल पुर्याइएकी सोनीको उपचारकै क्रममा मृत्यु भएको हो।
नेपाली राजदूताबास कुवेतका द्धितीय सचिब श्रीकृष्ण सिलवालले राहदानी नं- ११०५६१८८ कि सोनी तामाङको रक्त क्यान्सरका कारणले अस्पतालमा उपचार गराइरहेको अबस्थामा मृत्यु भएको पुष्टि गरेका छ ।
उनी कुवेतको इकोभर्ट एफ एम क्लिनिङ कम्पनिमा काम गर्न डिसेम्बर २०१९ मा (४ महिना पहिले मात्र)कुवेत आएकी हुन। दूताबासले अस्पताल र संबन्धित निकायहरु, कम्पनी अनि परिवार संग सम्पर्क गरि कानुनि प्रकृयाहरु शुरु गर्ने बताएको छ।
मृतक सोनी तामाङको घरमा श्रीमान बाल सिहं तामाङ, एक छोरी र एक छोरा रहेको बुझिएको छ।