कोरोना : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्काे झड्का !

याम्बु । अमेरिकाका शीर्ष वैज्ञानिकले भर्खरै मात्र एक चेतावनी दिएका छन् । उनले औषधी पत्ता लाग्यो भनेर खुशी भएका विश्ववासीहरुमा कोरोना भाइरसले बिस्तारै-बिस्तारै मौसमी रोग धारण गर्न सक्ने भन्दै चेतावनी दिएका हुन् ।
अमेरिकामा संक्रामक रोगका विशेषज्ञ डा. एन्थमी फाउचीले सारा विश्वमै कोरोना भाइरस नियन्त्रण गर्न असम्भव जस्तै रहेको चेतावनी दिएपछि, औषधी पत्ता लाग्यो भनेर खुशीले रमाएका सारा विश्ववासीहरुको अनुहारमा पुनः निराशा छाएको छ ।
‘नेशनल इन्स्टिट्युट अफ हेल्थ’मा कोरोना संक्रमक बिरामीहरुको उपचार गराईरहेका एक्सपर्टस् डाक्टर एन्थनी फाउचीले यो वर्ष सारा पृथ्वीबाट नै भाइरसलाई जरैदेखि उखेलेर फ्याँक्न असम्भव जस्तै रहेको बताएका छन् ।
यसको मतलव हो कि, ‘आउँदो फ्लू सिजनमा कोरोना भाइरसको संक्रमण फेरी महामारीको रुपमा प्रकट हुनसक्दछ | फाउचीले भने, ‘कोरोना फेरी फर्किने डरले अमेरिका भाइरससँग लड्नको लागि आफ्नो तयारी मजबुत गरिरहेको छ, अमेरिका भ्याक्सिन विकसित गर्न र तमाम ट्रीटमेन्टलाई लिएर क्लिनिकल ट्रायल गर्न लागि परेको छ ।’
यदि कोरोना भाइरसको महामारी फेरी आयो भने आफूसँग कमसेकम त्यसलाई फैलिनबाट रोक्ने उपाय हुने बताउँदै फाउचीले अमेरिका त्यसमा लागिरहेको बताएका छन् ।
अमेरिकाले कोरोना भाइरसको भ्याक्सिन १२ देखि १८ महिनासम्ममा तयार पार्न सक्ने पनि उनले बताएका छन् ।
डाक्टर फाउचीले अमेरिकामा कोरोना भाइरसबाट एक लाख भन्दा धेरैको मृत्यु हुन सक्ने दाबी गरेका छन् ।उनले भने, ‘राज्यले भाइरस फैलिनबाट रोक्नको लागि पूरा देश लकडाउन नगरेको र आम अमेरिकी नागरिकहरुलाई घरमा बस्नको लागि आदेश नदिएकोले देशले आफूलाई आफैँ खतरामा मोलेको छ ।’
विश्व स्वास्थ्य संगठनका अनुसार, अहिले कोरोना भाइरसका लागि ४० वटा भ्याक्सिनको परिक्षण गरिँदै छ । यसमध्ये केहि भ्याक्सिन मानिसहरुमै परिक्षण गर्ने चरणमा पुगिसकेको छ ।
अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण १० हजार ९ सय ४३ जनाको मृत्यु भईसकेको छ भने, ३ लाख ६७ हजार ६५० जनामा कोरोनाको संक्रमण देखिएको छ ।
अमेरिकाको न्युयोर्क शहरमा मात्रै ४ हजार ७ सय ५८ जनाले अहिलेसम्म ज्यान गुमाईसकेका छन् । अमेरिकामा अहिलेसम्म ८ हजार ९ सय ८३ जनाको अवस्था गम्भीर रहेको छ ।
आजमात्रै अमेरिकामा ७२ जनाले ज्यान गुमाएका छन् भने भाइरसले आज मात्रै ६सय ४६ जनामा आफ्नो संक्रमण फैलाएको छ ।
अहिलेसम्म सारा विश्वमा ७४ हजार ७ सय ९२ जनाले कोरोनाको महामारीका कारण ज्यान गुमाएका छन् भने १३ लाख ४७ हजार ८ सय ३८ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
त्यस्तै २ लाख ८६ हजार ४ सय ६९ जना उपचार पछि निको भएर घर फर्किएका छन् भने ४७ हजार ३ सय ९८ विश्वभर जनको अवस्था गम्भीर छ ।
एजेन्सी