इजरायलमा नेपाली दुतावास र संघसंस्था बिच समन्वयको लागि तदर्थ समिति गठन

तेलअविव -कोरोना भाइरसका कारण विश्व समुदाय नै महामारीको चपेटामा परिरहेको अहिलेको विषम परिस्थितीमा इजरायलमा रहेका नेपालीहरुमा आइपर्न सक्ने संभावित जोखिम र बेरोजगारी अवस्थामा रहेका नेपालीहरुको यथोचित सहयोगको लागि नेपाली दुतावास इजरायल र इजरायल स्थित संघसंस्था बीच समन्वयको लागि १३ सदस्यीय तदर्थ समिति गठन गरिएको नामवाली सहित एनआरएनए-एनसिसी इजरायलले जानकारी दिएको छ ।
इजरायलमा रहेका नेपालीहरु र नेपाली राजदूतावास विच भएको छलफल पश्चात राजदातावासबाट एनआरएनए-एनसिसी इजरायलको संयोजकत्व तथा नेपाली दुतावास इजरायलका उपनियोग प्रमुख अर्जुन घिमिरेज्यू सदस्य सचिव रहने गरी तदर्थ समिति गठन गरिएको हो ।
जसअनुसार समितिको सदस्य-सचिव उपनियोग प्रमुख अर्जुन घिमिरे,संयोजक गणेश गिरी – ब. उपाध्यक्ष , एनआरएनए-एनसिसी इजरायल, सदस्यहरुमा भोजराज क्षेत्री – प्रवक्ता, एनआरएनए-एनसिसी इजरायल,तारा व. काउचा मगर -अध्यक्ष, ने.आ.ज. महासंघ, इजरायल,
ओम ग’रूङ -अध्यक्ष, तमु समाज इजरायल, तिर्थ गौतम – अध्यक्ष, प्रवासी नेपाली एकता मंच, इजरायल,खगेश्वर अधिकारी -सभापति, नेपाली जनसर्म्पक समिति, इजरायल,सुन्दर सिंह लामा तामाङ – अध्यक्ष नेपाली समाज इजरायल ,नितु खतिवडा -अध्यक्ष नारीका लागि नारी ,सन्दिप भण्डारी – अध्यक्ष झापाली समाज इजरायल, कादम्बरी दाना श्रेष्ठ – अध्यक्ष अन्तराष्ट्रिय कलाकार मंच इजरायल,रामगोपाल भण्डारी – संस्थापक संयोजक, हिन्दु जागरण अभियान इजरायल,संचारकर्मी बी बी लामा तामाङ र सुनिल श्रेष्ठ रहेका छन् ।
तदर्थ समिति गठन भएको जानकारी: नेपाली राजदूतावास इजरायल
कोरोना भाइरस (COVID-19) का कारण समग्र विश्व समुदाय नै विविध संकटहरुसँग जुधिरहेको वर्तमान परिस्थितिमा ईजरायलमा रहनुहुने नेपालीहरुको सुरक्षा तथा हकहितका लागि आपसी समन्वय र सहकार्य बढाउने उद्देश्यले दूतावास र ईजरायलमा क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधिहरु बीच भएको छलफलको निर्णय बमोजिम गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति, ईजरायलका वरिष्ठ उपाध्यक्ष श्री गणेश गिरीको संयोजकत्वमा नेपाली राजदूतावास तथा यहाँ स्थापित विभिन्न संघ संस्थाहरुको प्रतिनिधित्व रहेको एक १३ सदस्यीय तदर्थ समिति गठन गरिएको व्यहोरा ईजरायलबासी सम्पूर्ण नेपालीहरुलाई जानकारी गराउन चाहन्छौं।
प्रस्तुत सन्दर्भमा COVID-19 pandemic का कारण उत्पन्न हुन सक्ने समस्याहरुको पहिचान तथा सो को निराकरणका लागि छलफल शुरु गर्न संयोजकले समितिकाे पहिलो वैठक आह्वान गरी औपचारिक कार्यप्रक्रिया अगाडि बढाउनुहुन हार्दिक आग्रह गर्दछौं।
डा. अन्जान शाक्य
राजदूत
तथा नेपाली राजदूतावास परिवार तेल अबिब ईजरायल
२४ चैत्र, २०७६