लकडाउन वैशाख ३ गतेसम्म थप

याम्बु ,चैत्र २४ : सरकारले जारी लकडाउन वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले लकडाउन थप्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनको अवधि ८ दिन थप गरेको हो ।
यसअघि सरकारले चैत ११ गतेबाट लागू हुनेगरी पहिलो पटक लकडाउन गर्ने निर्णय गरेकोमा दोस्रो पटक चैत १६ गते २५ गतेसम्म बढाउने निर्णय गरेको थियो।