हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

अमेरिकामा कोरोनाका कारण मृत्यु भएका भनिएका ङिमा टेम्बा शेर्पा जीवितै

याम्बु – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण अमेरिकामा मृत्यु भएका भनिएका ङिमा टेम्बा शेर्पा जीवितै रहेको रहेको बताइएको छ । अमेरिकाको न्युयोर्कमा बस्दै आएका नेपाली नागरिक ङिमा तेम्बा शेर्पा जीवितै रहेको उनका परिवारले जनाएका छन् आइतवार राष्ट्रिय समाचार समितिले कोरोनाभाइरसको संक्रमणबाट अमेरिकामा ४ जनाको मृत्यु भएको जनाएको थियो । तर मृत्यु भएको भनिएका ङिमा तेम्बा शेर्पाका दाजु ल्हाक्पा युला शेर्पाले उनी जीवितै रहेको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन् ।

अस्पतालले ङिमाको स्वास्थ्य अवस्था ठिक नभएको परिवारलाई जानकारी गराएपछि परिवारले पूजापाठ र सामाजिक सञ्जालमा श्रद्धाञ्जली पनि दिइएको थियो । तर उनको आज बिहान अस्पतालमा सम्पर्क गर्दा ङिमाको मुटु चलिरहेको जानकारी प्राप्त भएको ल्हाक्पा युला शेर्पाले सामाजिक सञ्जालमा जानकारी गराएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्|

सम्पूर्ण नातागोता, आफन्तजन तथा शुभ चिन्तकहरुमा टशी देलेग!

हाम्रो भाई ङिमा तेम्बा शेर्पाको सन्बन्धमा हिजो अस्पातलबाट परिवारलाई दिएको जानकारी अनुसार अब मानिस काम नलाग्ने जानकारी दिएपछि हामीले उहाको नाममा पूजापाठ गर्ने देखि लिएर फेसबुकमा श्रद्धान्जली लेख्ने समेत काम भएको थियो। अहिलेको परिस्थिति अनुसार परिवार कोही पनि त्यहा जान नमिल्ने भएको हुँदा उनीहरुको सूचनामा भर पर्नु पर्ने भएको हुँदा आज बिहान अस्पातल संपर्क गर्दा उहाको मुटु चलिरहेको जानकारी प्राप्त भएको छ, हामी सबैले उहाको स्वास्थ्य लाभ प्रार्थाना गरौ।

हामीले दिएको जानकारी अनुसार नै भाईका साथीभाई तथा शुभचिन्तकहरुले श्रद्धान्जली समेत लेखेका हुन्, त्यस बिषयमा हामी अन्यथा लिने छैनौं। सम्पूर्ण महनुभाव   तथा संघसस्थाहरुलाई यो जानकारी गराउन्दै हामीले अस्पातलको सूचनाकै भर पर्नु पर्ने भएको हुनाले पर्न गएको दुबिधाप्रति क्षमा चाहन्छु। थुची छे! ल्हाक्पा युला शेर्पा (दाई)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution