हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

नेपाल कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा प्रवेश,सतर्क भएर बस्न मन्त्रालयको आग्रह

याम्बु- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबार कोरोना संक्रमितको परिवारलाई पोजिटिभ देखिएको बताउँदै नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको जनाए ।

मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा पहिलो पटक नेपालमा संक्रमितको परिवारमा पोजिटिभ देखिएको बताउदै दोस्रो चरण अर्थात लोकल ट्रान्समिसनको अवस्थामा पुगेको बताए ।

आज पोजिटिभ देखिएको ३४ वर्षीय महिला यस अघि संक्रमित व्यक्तिको परिवारको सदस्य  रहेको उनले जानकारी गराए । ‘उनको ट्राभल हिस्ट्री समेत नभएकोले यो नै संक्रमित व्यक्तिवाट अर्को व्यक्तिमा सरेको पहिलो केश हो । यो सँगै नेपालमा कोरोना संक्रमण दोस्रो चरण अर्थात लोकल ट्रान्समिसनको अवस्थामा पुगेको छ ।’ उनले भने ।

रोगको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको भन्दै उनले सबैजना सतर्क भएर बस्न आग्रह गरे । विदेशबाट फर्किएकाहरु अनिवार्य क्वारेन्टाइनमा बसेर सावधानीको सम्पूर्ण तयारी गर्न पनि उनले आग्रह गरे ।

शनिबार थप तीन जनामा पोजिटिभ रिपोर्ट आएको मन्त्रालयले जनाएको छ । उनीहरु ३४ वर्षीया महिला, २१ वर्षीय पुरुष र ४१ वर्षीय पुरुष छन् । तीन जना मध्ये दुई जना पुरुष भारतबाट फर्किएको उनले जानकारी गराए ।

उनीहरुको सेतीको प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ । हाल धनगढीमा ४ जना, बाग्लुङमा २ जना र काठमाडौंको टेकु हस्पिटलमा २ जना संक्रमितको उपचार भइरहेको प्रवक्ता देवकोटाले जानकारी गराए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution