कोरोना भाइरसका बारे अझै बाहिर नआएका पाँच तथ्य

याम्बु – अहिले सम्पूर्ण संसारमा नै कोरोना भाइरसको बारेमा वहस र सर्वेक्षण मुख्य विषय बनेको छ । कोरोना भाइरससंग सम्बन्धित यी पाँच कुराहरु, जुन अहिलेसम्म अगाडि आएका छैनन् ।
१. भिन्दा–भिन्दै मानिसहरुमा यसको असरमा किन यति धेरै अन्तर रहेको छ ?
कोरोना भाइरसको चपेटामा आएका मानिसहरु मध्ये ८० प्रतिशत मानिसहरुमा यसको लक्षणहरु देखिंदैन भने बाँकी मानिसहरुमा यो भाइरसको गहिरो असर हुन्छ । यसको सामना गर्दागर्दै कतिले आफ्नो ज्यान गुमाउँछन् भन्ने कुरा वैज्ञानिकहरुले बुझ्न सकेका छैनन् ।
हङकङको मेडिकल कलेजका प्रोफेसर लियोबोनका अनुसार कोरोना भाइरसले भिन्दा–भिन्दै मानिसलाई भिन्दा–भिन्दै तरिकाले आफ्नो चपेटामा लिन सक्छ । चीनमा केही मानिसहरु यो भाइरसको चपेटामा आएका थिए, तर उनीहरुमध्ये कतियपयलाई यो भाइरसले कुनै असर पु¥याउन सकेन भने धेरैको ज्यानै समेत लियो ।
२. के कोरोना भाइरस हावामा फैलन सक्छ ?
कोरोना भाइरस संक्रमित व्यक्तिले खोक्दा अथवा हाछयूँ गर्दा निस्केका थुक र सिंगानको छिट्टाहरुबाट अरु मानिसहरुमा फैलन्छ भन्ने कुरा सबैलाई थाहा नै छ । तर के यो भाइरस मौसमी इन्फ्लुएन्जा जस्तै हावामा पनि फैलन सक्छ भन्ने प्रश्नको अहिले निश्चित जवाफ भेटिएको छैन ।
न्यू इंग्ल्यान्ड मेडिकल म्यागेजीनमा छापिएको सर्वेक्षण अनुसार प्रयोगशालामा भाइरस तीन घन्टासम्म हावामा जीवित रहेको देखियो । तर हावामा रहने अन्य रोगहरुलाई पनि यसले फैलाउने क्षमता राख्छ कि राख्दैन भन्ने कु्रा पत्ता लाग्न सकेको छैन । पेरिसको सेन्ट अन्टवान अस्पतालमा संक्रामक रोग एकाईका प्रोफेसर कारीन लाकोम्बा भन्छन्—‘हावामा समावेश यो भाइरसको सम्पर्कमा त हामी आउँछौ तर हावामा समावेश यो भाइरस संक्रामक हुन्छ कि हुँदैन भन्ने कुरा स्पष्ट छैन भन्ने कुरा हामीलाई थाहा छ ।’
३. कुनै पनि देशको संक्रमित मानिसहरुको संख्या कति छ ?
जुन समयमा बेलायतले आफ्ना देशमा संक्रमितहरुको संख्या २००० भन्दा कम भनेको थियो, त्यो समयमा देशभरीमा ५५ हजार भन्दा बढि मानिस यो भाइरसबाट संक्रमित थिए । त्यसैले आफ्नो देशमा कति मानिसहरु संक्रमित छन् भनेर कुनै पनि देशका लागि सही तथ्यांक निर्धारित गर्न अति नै कठिन छ । यसका लागि सर्वेक्षणको नयाँ चरणको प्रतिक्षा गर्नुपर्छ ।
४.के गर्मी मौसममा कोरोना भाइरस नष्ट हुन्छ ? के चर्को घामले कोरोना भाइरसको असर कम हुन्छ ?
यस बारेमा विशेषज्ञहरु भन्छन्–‘यो सम्भावनालाई नकार्न त सकिँदैन तर ठोस रुपमा केही पनि भन्न सम्भव छैन ।
इंन्फ्लुएन्जाको अन्य भाइरसहरु चिसो मौसममा धेरै समयसम्म जीवित हुन्छ र फैलिन्छन् । तर हार्वर्ड युनिभर्सिटीले गरेको सर्वेक्षणमा केवल तापक्रम बढ्नाले मात्र कोरोना भाइरस नष्ट हुँदैन भन्ने कुरा पत्ता लगाएको छ ।
५. बालबालिकाहरु कम मात्रामा यो भाइरसको चपेटामा आउनुको कारण के हो ?
नेचर म्यागेजीनद्वारा चीनमा गरिएको सर्वेक्षणको नतिजा प्रकाशित भएको छ । जसका अनुसार दश जना कोरोना संक्रमित बालबालिकामा निरिक्षण गरिएको थियो । जसमा ती संक्रमित बालबालिकालामा कोरोना भाइरसको कस्तो असर हुन्छ भन्ने कुरालाई निरीक्षण गरिएको थियो । जसको नतिजामा ती बालबालिकालाई कोरोना भाइरसका कारण घाँटिमा हल्का इन्फेक्शन, हल्का खोकि र हल्का ज्वरो आएपछि भाइरस कम भयो ।
सर्वेक्षणकर्ताहरुका भन्छन् —‘बालबालिकामा कोरोना भाइरस असर यति हल्का किन हुन्छ ? भन्ने कुरा अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । वैज्ञानिकहरुले यी कुराहरुका बारेमा पनि पत्ता लगाउने छन् भन्ने हामीलाई आशा छ ।