कोरोना बियरको उत्पादन स्थगित

याम्बु – चैत २१,मेक्सिकोको मोडेलो समूहद्वारा उत्पादित कोरोना बियरको उत्पादन स्थगित भएको छ। यो बियरको उत्पादन तथा मार्केटिङ स्थगित गरिएको जनाइएको छ।
कम्पनीले शुक्रबार ट्वीटर पेजमा विज्ञप्ति सार्वजनिक गर्दै उक्त घोषणा गरेको हो।
विश्वभर कोरोना भाइरसको महामारी बढेपछि मेक्सिको संघीय सरकारले निर्देशिका जारी गरेको थियो। सरकारले दिएको निर्देशन पालना गर्ने उपायका रुपमा यो कदम चालिएको कम्पनीले जनाएको छ।
‘कोरोना भाइरसविरुद्धको लडाइँ सँगसँगै सहयोग गरेर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्छौ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।