हेडलाईन

इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने        

प्रबासी नेपाली श्रमिकहरुमा कोरानाको कहर

-साङमो थोकर तामाङ

कोरोना भाइरस (कोभिड–१९) भन्ने महामारी पहिला शुरुमा चीनको हुबेई प्रान्तको बुहानमा पत्ता लागेको करिब तीन महिनाकै अवधिमा संसारभरि फैलिएको छ । मैले लेख्ने बेलासम्म www.worldometers.corono अनलाइनको अनुसार बिश्वको २०३ देशमा यो महामारी फैलिरहेको छ । बिश्वमा यसको संक्रमण मैले लेख्दालेख्दै ९,३७,१६७ जनालाई संक्रमित भएको, त्यसमा १,९५,१४३ जनाको उपचार भएर निको भएको स्थिति छ भने ४७,२६७ जनाले ज्यान गुमाई सकेको छ । अमेरिकमा सबैभन्दा बढी संक्रमित (२,१४,३४४ जना) भएको देखिन्छ भने सबैभन्दा बढी मानिसको (१३,१५५ जना) मृत्यु ईटालीमा भएको छ ।

कोरोनाको प्रभाव र असर :-

अहिले संसारभरि नै कोरोना महामारीको त्रास फैलिएको छ । यो महामारी फैलिएको र नफैलिएको सबै देशमा यसले प्रत्यक्ष रूपमा सबै कुरामा प्रभाव परिएको नै छ । तर यस्तो महामारी संसारले सामना गरेको यो पहिलो पटक भने होइन रहेछ। सामाजिक सन्जाल, विभिन्न मिडिया र अनलाइनहरुको माध्यमबाट मानव सभ्यताले यसभन्दा अघि पनि अत्यन्तै ठूला र दर्दनाक महामारीहरुको सामना गरिसकेको ईतिहास पढ्न पाईदो रहेछ ।

अहिले म रोजगारीको सिलसिलामा पाँच बर्ष अघि देखि साईप्रसमा बस्दै रोजगारी पनि गर्दै अनि सामाजिक संस्था नेपाल तामाङ घेदुङ, साईप्रसको अध्यक्ष पद पनि समहाल्दै आईरहेकी छु । त्यसैले यो कोरोना भाइरस (कोभिड–१९) महामारीले साईप्रसलाई पनि सताएकै छ । हालसम्म साईप्रसमा यो महामारीले ३२० जनालाई संक्रमण गरेको छ भने २८ जना उपचार पछि निको भएको छ । त्यस्तै यसले ९ जनाको ज्यान लिएको छ । साईप्रसमा पनि यहाँको सरकारले देशैभर लकडाउन गरेको स्थिति छ । रोग नलागेकाहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्नु भनेको छ भने रोग लागेका र त्यो रोग लागेको ब्यक्तिसंग सम्पर्क भएकाहरुलाई आईसोलेसनमा राखेको छ ।

वैदेशिक रोजगारीमा असर :-

कोरोना भाइरस (कोभिड–१९) महामारीले अन्य मुलुकमा रहेका वैदेशिक रोजगारीमा गएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई जस्तै साईप्रसमा पनि मानसिक तथा ब्यबहारिक तनाव वा असर गरिएको छ । विभिन्न मिडिया तथा अनलाइनहरु अनुसार वैदेशिक रोजगारमा गएका विभिन्न प्रकारका श्रमिकहरुले केही देशमा पारिश्रमिक पाउनै छाडेको खबर आईरहेका छन् । त अधिकांश देशहरूमा न्युनतम पारिश्रमिक पनि पाउने हो कि होईन भन्ने दुबिधामा श्रमिकहरु परेका छन् भन्ने समाचार आईरहेका छन् । कतिपय देशहरुमा श्रमिकहरुले पाउदै आएको पारिश्रमिक कटौती गर्ने भन्ने समाचार सुनिरहेका छन् भने कतिपयमा ५०% त कतिपय देशमा २५% पारिश्रमिक कटौती गर्दै छ भन्ने समाचार सुन्नमा आएको छ । त्यस्तै कतिपय देशमा रोजगार दाताले कामदारलाई बे-तलबी बिदा लिन समेत दबाब दिईरहेको कुरा पनि सुन्नमा आएको छ ।

फेरि कुनै देशमा भने कम्पनी वा रोजगार दाताले काम बन्द गर्दा वा हुँदा पनि श्रमिकले सबै पारिश्रमिक पाउने समाचारहरु नि आईरहेका छन् । त्यस्तै कुनै देशमा चाहिँ कम्पनी वा रोजगार दाताले पारिश्रमिक नदिए त्यस देशको सरकार आफ्फैले श्रमिकलाई पारिश्रमिक उपलब्ध गराउने समाचारनी सुनिरहेका छौ ।

साईप्रसको वैदेशिक रोजगारीमा असर :-

यस्तो समाचार आईरहदा साईप्रसमा नि त्यस्तै किसिमका समाचारहरु चलिनै रहेको छ । लकडाउन अबधिमा घरेलु कामदार खास गरि हाउसमेडलाई महिनाको आधा पारिश्रमिक/तलब मात्रै दिने समाचार, त कहिले तलबको केहि प्रतिशत काटेर दिने भन्ने समाचार आईरहेकै छ ।कहिले रोजगारदाता वा घर मालिक (ईम्प्लोयर) ले लक डाउनमा तलब दिन नसकिने सम्म भनेको भनी समाचार सुन्नमा आएको छ तर मेरो जानकारीमाआएको चाहिँ त्यो आधिकारिक नभएर हल्ला हो कि जस्तो लागिरहेको छ । किनभने मेरो ईम्प्लोयरले पैसाबाट कोरोना (कोभिड-१८) सर्छ भनेर तलबको पैसा पछि हिसाब गरेर दिन्छु है भनेको कारणले हो ।

विशेष समस्य :-

बिशेष त अन्य मुलुकमा जस्तै साईप्रसमा पनि अध्ययन गर्न आउने त्यसमा नि नयाँ विद्यार्थी भाईबहिनीहरु र ईलिगल रूपमा काम गरेर बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई अलि बढी नै समस्य परेको देखिन्छ । यदि हाल समस्य नभए पनि निकट भबिस्यमा लकडाउन बढ्दै गएमा निश्चित रूपमा समस्य पर्ने देखिन्छ । लकडाउनले गर्दा प्राय हुलमुल हुने कम्पनी, होटेल, रेस्टुरेन्ट, बार, पब आदि बन्द भएको छ । त्यसले गर्दा माथि उल्लेखित जस्तो विद्यार्थी भाईबहिनीहरु र दाजुभाइ दिदीबहिनीहरुलाई खाना अनि बस्नलाई समस्या परेको देखिन्छ ।

समाधान :-

त्यसैले यस्ता समस्यहरुलाई समाधान गर्न साईप्रसमा रहेका हामी नेपालीहरु सम्लग्न रहेका विभिन्न संघ संस्थाहरु, एन आर एन आदिहरुसंग छलफल अनलाइनमा त भइ नै रहेको छ तर लकडाउन र आफू पनि बाँच्नु पर्ने, अरुलाई नि बचाउनु पर्ने, साईप्रस देशको कानुनलाई नि मान्नु पर्ने आदि सबै कारणले सुस्त गतिमा भइनैरहेको छ । खास गरि यसमा साईप्रसमा रहेका नेपाल सरकारको प्रतिनिधि संस्था राजदुतावास वा काउन्सिलरले नै प्रभावकारी रूपले यहाँ रहेका संघ संस्था एन आर एनसंग समन्वय गरेर समस्यको समाधान गर्दा अत्यन्तै राम्रो हुन्छ ।

अन्तमा:-

म के भन्न चाहान्छु भने अहिले हामी जहाँ जहाँ श्रम गरेर बसिरहेका छौ । सुरक्षित तरिकाले त्यही ठाउँको घरमा सिल्फ क्वारेन्टाइनमा बसौ महत्त्वपूर्ण कुरा यहि हो । आफ्नो दैनिक काम यदि घरभित्रै छ भने काम सकेर फुर्सदिलो समयमा सामाजिक सन्जाल, विभिन्न मिडिया र अनलाइनमा ज्ञान बर्धक समाचारहरु, सूचनाहरु हेरौ, ज्ञानगुनका कुराहरु पढौ, साबुन पानीले हात मिचिमिची धेरै चोटि धुऔ, सेनिटाईजर लगाएर मात्रै बजारबाट सामानहरु लिएर आउ । बजार जाँदा माक्स र ग्लोब्स अनिवार्य रूपमा लगाऔ । आत्मबल बलियो बनाएर खुसी भएर बसौ । अनि आफू पनि बाचौ अरुलाईनी बचाऔ । त्यस्तै नेपालमा भएका सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुले पनि त्यस्तै गरौ । लकडाउनको बेला बाहिर ननिस्कौ । घर भित्र नै सेल्फ क्वारेन्टाइनमा बसौ ।

लेखक – नेपाल तामाङ घेदुङ, साईप्रसका अध्यक्ष हुनुहुन्छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution