हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

कोरोना सम्बन्धि भाइरल सिरियल भिडियो, के हो सत्य?

कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिइरहेको समयमा सामाजिक सञ्जाल ‘ट्विटर’मा एक कोरियन सिरियलको भिडियो भाइरल भइरहेको छ।

सन् २०१८ मा प्रसारित सो कोरियन सिरियलको नाम ‘माइ सिक्रेट टेरियस’ रहेको छ। यस सिरियलको १० औँ एपिसोडको ५३ औँ मिनेटदेखि कोरोना भाइरसको विषयमा चर्चा गरिएको छ।

सिरियलमा एक महिलाले श्रीमानलाई गुमाउछिन् र पछि थाहा पाउछिन् कि श्रीमानको मृत्यु ठूलो षडयन्त्रको एक हिस्सा हो। श्रीमानको मृत्यु कोरोना भाइरसका कारण भएको डाक्टरले बताउछिन्।

सिरियलमा कोरोना भाइरसलाई आतंकवादीहरुले हतियारको रुपमा प्रयोग गर्न परिवर्तित गरेको भाइरसको रुपमा व्याख्या गरिएको छ जसले डाक्टरहरुलाई उपचार खोज्न व्याकुल बनाउछ।

कोरोना भाइरसका विभिन्न प्रकारहरु छन् जसमध्ये एकले सन् २०१५ को एमईआरएस प्रकोप तिर दोहो¥यायो भने पछिल्लो समयमा कोभिड–१९ को कारण बनिरहेको छ।

सिरियलमा भनिएको छ कि सो कोरोना भाइरसको उष्मायन अवधि २ देखि १४ दिनेसम्मको हुन्छ र यसले संक्रमित व्यक्तिको फोक्सोमा ५ मिनेटभित्र आक्रमण गर्छ। सो भाइरसको कुनै औषधि नभएको सो सिरियलमा बताइएको छ। त्यसैगरी, सो सिरियलका अन्य एपिसोडहरुमा विद्यार्थीहरुलाई भाइरसबाट बच्न कसरी हात धुने भन्ने कुरा सिकाइन्छ।
यसै प्रसंगलाई लिएर अहिले सामाजिक सञ्जालमा यो भिडियो भाइरल भइरहेको छ।

के हो सत्य?

वैज्ञानिकहरु २० औँ शताब्दीको मध्यदेखि नै विभिन्न प्रकारका कोरोना भाइरसका बारे परिचित थिए। त्यसैले, सोपछिका समयमा कोरोना भाइरसका बारेमा टिभी सो अथवा चलचित्रहरुमो यस्तो देखाइनु कुनै नौलो कुरा होइन। सिरियलमा कोरोना भाइरसको बारेमा भनिएका कुरा र वास्तविक कुरामा फरक छ। सिरियलमा भाइरसले ५ मिनेटभित्र फोक्सोमा आक्रमण गर्छ भनिएको छ तर अहिले देखिएको कोभिड १९ ले यति चाँडै आक्रमण गर्दैन।

कोभिड १९ बायोइन्जिनियरिङ हतियार हो भन्ने सिद्धान्तलाई वैज्ञानिकहरुले हटाइसकेका छन्। किनकी यो चमेरो र पानगोलियनबाट मानिसमा सरेको उनीहरुको मान्यता छ।

कोभिड १९ मानवसिर्जित नभई प्राकृतिक माध्यमबाट उत्पन्न भएको वैज्ञानिकहरुको अध्ययनले देखाएको छ।

गत महिना सामाजिक सञ्जालमा नै देखिएको ‘आइज अफ डार्कनेस’ मा पनि यस्तो हुनसक्ने भविष्यवाणी गरिएको भन्ने चर्चामा आएको थियो। सने १९८१ मा प्रकाशित सो उपन्यासमा वर्णन गरिएको ‘वुहान ४००’ नै कोभिड १९ को भविष्यवाणी भन्ने चर्चा सामाजिक सञ्जालमा चलेको थियो। सो उपन्यासमा व्याख्या गरिएको ‘वुहान ४००’ मानिसबाहेक अरु कसैले सार्न सक्दैन भने मानव शरीर बाहेक अन्य स्थानहरुमा १ मिनेटभन्दा बढी बाँच्न सक्दैन।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution