हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

महामारी काेराेना भाइरसबारे अझै पनि अनुत्तरित ५ गम्भीर विषय

त्यसो त कोरोना भाइरस केही अगाडि नै मानिसमा देखिएको हुनसक्छ, तर विश्वले यसबारे चासो गत डिसेम्बरबाट मात्र दिन थाल्यो । चीनको वुहानमा पहिलो पटक देखिएको यो भाइरसबारे अहिले वैज्ञानिकहरु अध्ययन गरिरहेका छन् । तर, अझै पनि कोरोना भाइरसबारे केही प्रश्नहरु अनुत्तरित छन् । त्यस्ता अनुत्तरित ५ विषयः

कति मानिस संक्रमित भएका छन् ?

यो अत्यन्त सामान्य प्रश्न हो । अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या जुन आइरहेको छ, त्यो अनुमानित संख्या मात्र हो । अनि परीक्षण गरिएको संख्या मात्र हो ।

तर, यो भाइरस संक्रमण भएर पनि कुनै लक्षण नदेखिएका मानिसहरुको संख्या अझ ठूलो हुनसक्ने अनुमान गरिएको छ । यसबारे अहिलेसम्म कसैले ध्यान दिएको देखिँदैन । त्यसैले कोरोना संक्रमितको खास संख्या अहिले तत्काल थाहा नभएको धेरैले अनुमान गरेका छन् ।

कति खतरानक छ यो ?

अहिले के अनुमान गरिएको छ भने भाइरस संक्रमण भएपछि १ प्रतिशत मानिसको मृत्यु भएको छ । तर, कति मानिस यो भाइरस संक्रमित भएका छन् त भन्ने विषयमा अझै धेरै थाहा भइसकेको छैन । त्यसैले अहिले तत्काल यो भाइरस कति खतरानक छ भन्ने अनुमान पनि गर्न सकिँदैन ।

के के लक्षण देखिन्छन् ?

अहिले अहिले ज्वरो र सुख्खा खोकीलाई कोरोना भाइरस संक्रमण पछिको लक्षण भनिएको छ । केही ठाउँमा टाउको दुख्ने तथा पखालालाई पनि यो भाइरस संक्रमणको कारण हुनसक्ने बताइएको छ ।

कतिपय ठाउँमा रुघाखोकी पनि यसका लक्षण देखिएका छन् । तर, यसको पूरै लक्षण कस्तो हुन्छ भन्ने अहिलेसम्म खुलेको छैन ।

कहाँबाट आएको हो त यो भाइरस ?

सन् २०१९ को अन्त्यतिर यो भाइरस चीनको वुहानमा देखियो । यो भाइरसको लक्षण र चमेरोमा भएको भाइरसको लक्षण मिल्ने भएकाले यसलाई चमेरोबाट मानिसमा सरेको हुनसक्ने अनुमान गरिएको छ । तर, अहिलेसम्म यसबारे यकिन कुरा बाहिर आइसकेको छैन ।

फेरि निस्किने हो कि यो भाइरस ?

यो भाइरसबारे अहिलेसम्म थाहा नभएको कुरा एक पटक संक्रमित भइसकेको व्यक्तिमा फेरि लक्षण देखिन्छ कि देखिँदैन भन्ने हो । यसबारे पनि अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन @ एजेन्सी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution