इजरायलका प्रधानमन्त्री सेल्फ-क्वारेन्टाइनमा

तेलअविव । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका सहयोगीलाई नोभेल कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री सेल्फ-क्वारेन्टाइनमा बसेका छन् ।
प्रधानमन्त्री नेतान्याहुसँगै सहयोगी रिभका पलुचसँग सम्पर्कमा रहेका प्रधानमन्त्री कार्यालयका अन्य सदस्यहरु पनि सेल्फ-क्वारेन्टाइनमा बसेका छन् ।
इपिडिमियोलोजिस्टहरुले भाइरसको सम्भावित खतराबारे अनुसन्धान गरिरहेको बताएका छन् । स्वास्थ्य मन्त्रालय प्रधानमन्त्रीका निजी चिकितसकसँग सल्लाहमा रहेको र सेल्फ-क्वारेन्टाइनमा कहिलेसम्म राखिने भन्ने निर्णय गरिने विज्ञप्तिमा जनाइएको छ ।