हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

कोरोनाबाट चिन्तित जर्मनका वित्तमन्त्री स्केफरले गरे आत्महत्या

याम्बु  । कोरोना भाइरसबाट देशको अर्थतन्त्र डामाडोल बनेपछि डिप्रेसनमा गएका जर्मनीको हेसे(न) राज्यका वित्तमन्त्री थोमस स्केफरले आत्महत्या गरेका खबर बाहिरिएको छ ।

कोरोनाबाट राज्यको अर्थतन्त्रमा पर्नसक्ने प्रभाव निकै अत्यासलाग्दो रहेपछि यसबाट कसरी मुक्त हुने भन्ने विषयले उनी डिप्रेसनमा गएका स्थानीय चिकित्सकहरुलाई उद्धृत गर्दै दि लोकल डट डे नामको स्थानीय अनलाइनले समाचार लेखेको छ। सो राज्यका आधिकारिक प्रवक्ताले उनको आत्महत्या र त्यसको कारण भनी यी तथ्यहरु सार्वजनिक गरेका छन् ।

५४ वर्षीय साफरलाई शनिवार रेल्वे ट्याक नजिकै मृत अवस्थामा फेला पारिएको थियो । उनले आत्महत्या गरेका दाबी गरिएको छ ।

त्यहाँका क्याबिनेटका एक सदस्य प्रिमियर भोल्करले उनको मृत्युमा प्रतिक्रिया दिंदै भनेका छन्–‘हामी स्तब्ध छौ । हामीलाई यो खबर पत्यार नै लागिरहेको छैन ।’

हेसेमा निकै ठूलो बैंक ड्यूस तथा कमर्ज बैंक लगायतका ठूला बैंकहरुको हेडक्वार्टर समेत रहेको छ । यहाँ फ्र्यान्कफर्ट रहेको छ, जहाँ यूरोपीय सेन्ट्रल बैंक पनि छ ।

स्केफरले कोरोना भाइरसका कारण अर्थव्यवस्थामा भएको नोक्सानीसँग लड्नका लागि दिनरात काम गरिरहेका थिए र त्यहाँ टाट पल्टदै गएका कम्पनी र कामदारहरुलाई सहयोग गर्ने गरेका थिए ।

वोल्करले भनेका छन्–‘हामीले आज यो स्वीकार गर्नुपर्छ कि उहाँ पछिल्लो समय निकै बेखुश हुनुहुन्थ्यो । उहाँ हाम्रा लागि खास व्यक्ति हुनुहुन्थ्यो, यस्तो बेलामा झनै बढी आवश्यक पथ्र्यो, तर आज यस्तो भयो ।’

मृतकका एक पत्नी र २ बालबच्चा छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution