हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

नोवेल कोरोना भाइरस अनुसन्धान गर्ने चीनका बैज्ञानिक जोर्जी काओको सुझाव

नोवेल कोरोना भाइरस डिजिज २०१९ (कोभिड-१९) आउटब्रेक भएसँगै अग्रपंक्तिमा रहेर रोग विरुद्ध लडेका चिनियाँ बैज्ञानिकहरु विदेशी मिडयाको पहुँचमा छैनन्। अधिकांश वैज्ञानिकहरु रोगसँग लड्न अनुसन्धानमा केन्द्रित छन्। मिडियामा देखिन चाँहदैनन् विशेषगरी विदेशी पत्रकारहरु उनीहरुको प्राथमिकतामा पनि पर्दैनन्।

साइन्स म्यागेजिनले  चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का महासचिव जोर्जी काओसँग दुई महिनासम्म एउटा अन्तर्वार्ताका लागि प्रयास गरिरह्यो। गत हप्तामात्र उनी तयार भए। काओले दुई हजार कामदारहरुलाई प्रत्यक्ष रुपमा हेर्छन्। जुन अमेरिकी अमेरकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका पाँच भागको एक भाग कर्मचारी बरावर हुन आउँछ। उनी आफैमा सक्रिय अनुसन्धानकर्ताको रुपमा रहेका छन्।

उनले जनवरीमा पहिलो आइसोलेसनमा सहभागी टिममा रहेर काम गरे। त्यस्तै उनी कोभिड-१९ को संक्रमण फैलाउने भाइरस सेभर एक्युट रेस्मिरेटरी सेन्ड्रोम-२ (सार्स-कोभ-२)को अनुक्रम पत्ता लगाउन सक्रिय रहे। उनले दी न्यू जर्नल अफ अमेडिसिन (एनईजेएम)मा कोभिड-१९ सम्बन्धी दुई वटा महत्त्वपूर्ण जर्नल आर्टिकलमा सहलेखन गरे। जसले महामारी र यसको क्लिनिकल फिचरको वारेमा प्रारम्भीक जानकारी दिन्छ। त्यस्तै दी लान्सेटमा उनले कोभिड-१९ सम्बन्धी थप तीन आर्टिकल प्रकाशित गरेका छन्।

उनको समूहले विश्व स्वास्थ्य संगठनले बनाएको चिनियाँ अनुसन्धानकर्ता र अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको संयुक्त आयोगलाई त्यस्ता केही महत्त्पूर्ण तथ्यांकहरु उपलब्ध गराए जसले आयोगलाई चीन भ्रमण गरी रिपोर्ट तयार पार्न महत्त्पूर्ण सहयोगी भयो।

सुरुवातमा भेटेरिनरियनको रुपमा तालिम प्राप्त गरेका काओले पछि वायोकेमेस्टिमा अक्सफोर्ड विश्वविद्यालयबाट पीएचडी हासिल गरे। पछि हवार्ड विश्वविद्यालयबाट इम्युनोलोजी र भाइरोलोजीमा पोस्टडक पूरा गरे। उनको अनुसन्धान सार्स कोभ-२ लगायतका भाइरसहरुको समूह कसरी शरीरमा प्रवेश गर्छ भन्ने विषयमा केन्द्रित देखिन्छ। काओले यी दिनहरुमा टेक्स्ट, भ्वाइसमेल, टेलिफोन वार्ता मार्फत् साइन्सले सोधेका अनेक प्रश्नहरुको जाफ दिएका छन्। यो अन्तर्वार्ता छोटो र स्पष्ट बनाउनका लागि भावानुवादसहित सम्पादन गरिएको छ:

कोभिड-१९ को विषयमा चीनले अपनाएको पद्धतिबाट अन्य देशहरुले के सिक्न सक्छन्?

सामाजिक दुरी कायम गर्नु कुनै पनि संक्रमणजन्य रोग नियन्त्रणको लागि अत्यावश्यक रणनीति नै हो। विशेषगरी यो रोग स्वासप्रस्वास सम्बन्धी संक्रमणजन्य हुन्छ। पहिलो, हामीले ‘ननफार्मासिटिकल स्ट्राटेजी’अपनायौं। किन भने हामीसँग कुनै विशेष रोकथाम वा औषधी थिएन र भ्याक्सिन पनि थिएन। दोस्रो, तपाईँले यस विषयमा निश्चित हुन जरुरी थियो कि तपाईँले कुनै पनि केसलाई आइसोलेट गर्दै हुनुहुन्छ। तेस्रो, संक्रमितहरुसँग नजिकको सम्पर्क भएका व्यक्तिहरु क्वारेन्टाइनमा हुनुपर्छ: हामीले धेरै समय संक्रमितसँग निकट सम्पर्कमा रहेकाहरु पत्ता लगाउन लगायौं र उनीहरु सबै क्वारेन्टाइन्ड र आइसोलट गरियो भन्ने निश्चिन्त हुन चाह्यौं। चौथो, सार्वजनिक भेलाहरु बन्द गरायौं। पाँचौं, आउजाउलाई रोक लगायौं। जुन, लकडाउन हो।

चीनमा लकडाउन २३ जनवरीमा वुहानबाट सुरु भयो र हुवेइका छिमेकी शहरहरुमा पनि विस्तार गरियो। चीनमा रहेका अन्य प्रान्तमा सटडाउन केही कम भयो। यो सबै कसरी समन्वय गरियो र यसलाई अनुगमन गर्नु कत्तिको आवश्यक थियो?

तपाईँसँग बुझाइ र सुझबुझ हुन जरुरी छ। त्यसका लागि तपाईँलाई स्थानीय र केन्द्रीय तहमा एउटा शक्तिशाली नेतृत्व आवश्यक हुन्छ। जनतासँग नजिक रहेर काम गर्न सक्ने सुपरभाइजर र कोअर्डिनेटर तपाईँलाई आवश्यक पर्छ। सुपरभाइजरलाई थाहा हुनुपर्छ कि को निकट सम्पर्कको व्यक्ति हो, को शंकास्पद व्यक्ति हो। समुदायमा रहेका यस्ता सुपरभाइजरहरु अत्यन्तै चनाखो हुनुपर्छ। उनीहरु नै प्रमुख हुन्।

अन्य देशहरुले के गल्ती गरिरहेका छन्?

मेरो विचारमा संयुक्त राज्य (अमेरिका) र युरोपमा मुख्य गल्ती भनेको मानिसहरु मास्क लगाइरहेका छैनन्। यो भाइरस ड्रपलेट (थुक, खकारका छिटा) र निकट सम्पर्कबाट सर्छ। ड्रपलेटले संक्रमण फैलाउन महत्त्वपूर्ण भूमिका खेल्छ, त्यसैले तपाईँले मास्क लगाउन जरुरी छ। किनभने जब तपाईँ बोलिरहनु भएको हुन्छ त्यतिबेला ड्रपलेटहरु तपाईँको मुखबाट आइरहेका हुन्छन्। धेरै मानिसहरुमा ‘असिम्टोमेटिक’ अथवा ‘पारासिम्टोमेटिक’ संक्रमण हुन्छ। यदि तपाईँले मास्क लगाइरहनु भएको छ भने तपाईँलाई भाइरस बोकिरहेका ड्रपलेटबाट बचाउँछ र अन्यलाई संक्रमण सार्नबाट पनि।

अन्य रोकथामका उपाय के हुन्? उदाहरणका लागि चीनले स्टोर, भवनहरु, सार्वजनिक यातायतलगायतमा तीब्र रुपमा थर्मोमिटरको प्रयोगलाई जोड दियो।

हो, चीनभित्र जहाँ सुकै जानुस् तपाईँ थर्मोमिटर भेट्नुहुन्छ। मानिसहरुले तापक्रम लिइरहेको देख्नुहुन्छ। उच्च ज्वरो भएका व्यक्तिहरु बाहिरै रहुन भनेर नै हो।

अर्को महत्त्वपूर्ण प्रश्न भनेको भाइरस वातावरणमा कति स्थिर हुन्छ भन्ने हो। किनभने यो भाइरस इनेभेलोप्ड हो। मानिसहरु सोचिरहेका छन् कि सतही तापक्रम अथवा ह्युमिडिटीमा यो कमजोर हुन्छ। तर, अमेरकी र चिनियाँ दुवै अध्यनले यो भाइरस कतिपय विनास हुने सतहमा पनि प्रतिरोधि भएर रहन्छ भन्ने देखाएको छ। यो भाइरस धेरै फरक वातावरणमा पनि बाँच्न सक्छ। यसका लागि हामीलाई वैज्ञानिक तथ्यमा आधारित जवाफ आवश्यक पर्छ।

वुहानमा सामान्य रोगको लक्षण मात्र देखिएका संक्रमितहरुलाई पनि अधिक सुविधासहित आइसोलेसनमा राखियो र उनीहरुलाई परिवारका सदस्यसँग पनि भेटघाट दिइएन। के अन्य देशले पनि यस्तै गर्नुपर्छ?

संक्रमित व्यक्तिहरु आइसोलेटेड हुनैपर्छ। यो जहाँसुकै पनि हुनुपर्छ। तपाईँलेले कोभिड-१९ लाई तब मात्र नियन्त्रण गर्न सक्नुहुन्छ जब तपाईँले संक्रमणको स्रोत नै बन्द गर्नुहुन्छ। यही कारण हो हामीले मोड्युल अस्पतालहरु बनायौं र रंगाशालाहरुलाई अस्पतालमा परिणत गर्‍यौं।

कोभिड-१९ को आउटब्रेकको उत्पत्तिबारे अनेक प्रश्नहरु छन्। चिनियाँ अनुसन्धानकर्ताहरुले पहिलो केस डिसेम्बर १, २०१९ मा भएको बताएका छन्। साउथ चाइना मर्निङ पोस्टले चिनियाँ सरकारी तथ्यांक उदृत गर्दै नोभेम्बरमै कोभिड-१९ का केसहरु थिए, जुन पहिलो केस १७ नोभेम्बरमा थियो भनिएको छ। तपाईँलाई के लाग्छ?

यहाँ कुनै ठोस तथ्य छैन कि नोभेम्बरमै हामीसँग यस्तो ‘कल्स्टर’ थियो भन्ने। हामीले यसकै उत्पत्तिको बारेमा अध्ययन गर्दै छौं।

वुहानका स्वास्थ्यहरु अधिकारीहरुले केसका ठूलो कलस्टरहरु हुनान सी मार्केटसँग जोडिएको बताएका छन्। र, यो जनवरी १ मा बन्द पनि गरियो। भाइरस जनावरबाट मानिसमा सर्‍यो जुन सम्भवत: त्यहाँको मासुबजारबाट थियो भन्ने अनुमान छ। तर तपाईँको पेपर जुन एनइजेएममा प्रकाशित छ, त्यसमा केसको पूर्वागामी अध्ययन पनि गरिएको छ। तपाईँले रिपोर्ट गर्नु भएको छ कि सुरुवातमा संक्रमित पाँच मध्ये चार व्यक्तिको सम्बन्ध सिफुड मार्केटसँग जोडिएको छैन। तपाईँलाई के लाग्छ सि फुड मार्केट यसको उत्पत्तिको केन्द्र थियो अथवा यो एउटा डिस्ट्र्याक्सन- एउटा प्रवर्द्धन गर्ने कारक मात्र हो, उत्पत्ति होइन?

यो एउटा राम्रो प्रश्न हो। तपाईँ एउटा जासुसले जस्तै काम गरिरहनु भएको छ। सुरुवातदेखि नै सबैले मार्केट नै उत्पत्तिको केन्द्र सोचे। मलाई लाग्छ बजार नै सुरुवाती स्थान हुन सक्छ वा यो ठाउँ भाइरसलाई ‘प्रवर्द्धन (एम्प्लिफाइड)’ भएको ठाउँ नि हुन सक्छ। त्यसैले यो वैज्ञानिक प्रश्न हो। दुवै सम्भावनाहरु छन्।

चीनमाथि आरोप पनि लाग्यो कि उसले ‘भाइरल सेक्वेन्स’ तत्काल सार्वजनिक गरेन भन्ने। नयाँ कोरोना भाइरसको बारेमा समाचार दी वाल स्ट्रीट जर्नलमा जनवरी ८ मा प्रकाशित भयो; यो चिनियाँ सरकारी बैज्ञानिक बाट आएन? किन आएन?

यो दी वाल स्ट्रीट जर्नलको एउटा असल अनुमान थियो। विश्व स्वास्थ्य संगठनलाई सेक्वेन्सको बारेमा विषयमा जानकारी गराइएको थियो। र, मलाई लाग्छ यो आर्टिकल आउनु र सेक्वेन्स आधिकारिक रुपमा जानकारी गराइनुको समय भिन्नता केही घण्टामात्र थियो। मलाई लाग्दैन् धेरै दिन थियो।

तर, भाइरल सेक्वेन्सको डाटाबेस पछि देखाइयो कि जनवरी ५ मा मात्र चिनियाँ बैज्ञानिकरुले बुझाएका थिए। त्यसैले पनि यहाँ कम्तिमा तीन दिन भएको थियो तपाईँले नयाँ कोरोना भाइरसको बारेमा थाहा पाएको। यसले अहिले महामारीको कोर्स परिवर्तन त गर्न सक्दैन, तर इमान्दार हुनुपर्दा सेक्वेन्सलाई सार्वजनिक गर्दा केही त पक्कै भएको थियो।

मलाई त्यस्तो लाग्दैन। हामीले तुरुन्त नै वैज्ञानिक मित्रहरुसँग सूचना साझेदारी गरेका हौं। तर, यसमा जनताको स्वास्थ्य पनि जोडिएको थियो र हामीले नीति निर्माताहरुलाई केही समय कुर्नुपर्‍यो सार्वजनिक घोषणाका लागि। तपाईँ चाहनुहुन्न नि जनतामा त्रास होस्? र कुनै पनि देशमा कसैले पनि अनुमान गर्न सकेका थिएनन भाइरसले पाण्डेमिक ल्याउँछ भनेर। यो पहिलो ‘ननइन्फ्लुएन्जा पाण्डेमिक फिवर’ हो।

चिनियाँ वैज्ञानिकहरुले आधिकारिक रुपमा स्पष्ट रुपमा मानवदेखि मानवमा सर्ने विषयमा जनवरी २० पछिमात्र घोषणा गरे। किन तपाईँलाई यो लाग्छ कि चीनका इपिडिमियोलोजिस्टलाई यति कठिन भयो?

विस्तृत इपिडिमियोलोजिकल तथ्यांक अहिलेसम्म पनि उपलब्ध छैन। र, हामीले सुरुदेखि नै यो महसुस गरेका हौं। यस्तै इटालीमा पनि भएको हो। युरोप र अमेरिका भर नै पनि। सुरुदेखि नै वैज्ञानिकहरु, सबैले सोचे ‘यो एउटा भाइरस मात्र हो।’

चीनमा यसको महामारी घट्दै गएको छ, र नयाँ कन्फर्म केसहरु मुख्यगरी देश प्रवेश गर्नेमा देखिइरहेको छ, सही हो?

हो। अहिलेको अवस्थामा हामीसँग स्थानीय संक्रमण छैन। तर, अहिले चीनका लागि समस्या भनेको इम्पोर्टेड केस हो। धेरै संक्रमितहरु चीन आइरहेका छन्।

तर, यदि चीन सामान्य अवस्थामा फर्कियो भने के होला? के तपाईँलाई लाग्छ धेरै मानिसहरु संक्रमित भए र ‘हेर्ड इम्युनिटी’ले भाइरसलाई किनारा लगाउन सक्छ?

हामीसँग पक्कै पनि अहिलेसम्म ‘हेर्ड इम्युनिटी’ छैन। तर, हामीले अझै पनि एन्टीबडी टेस्टको अन्तिम नतिजा पर्खिरहेका छौं। यसले मात्र हामी बताउन सक्छौं बास्तवमा कति जना संक्रमित भएका थिए।

त्यसो भए अबको रणनीति के? प्रभावकारी औषधी पत्ता लाग्ने समय पर्खनु?

हो- हाम्रा बैज्ञानिकहरुले औषधी र भ्याक्सिनका लागि काम गरिरहेका छन्।

धेरै वैज्ञानिकहरुले ‘रेम्डेसिभिर’ प्रभावकारी औषधीको रुपमा मानिरहेका छन् र परीक्षण पनि भइरहेको छ। तपाईँलाई के लाग्छ चीनमा औषधीको क्लिनिकल ट्राइलको डाटा कहिलेसम्म आउँछ?

अप्रिलमा।

के चिनियाँ बैज्ञानिकहरुले ‘एनिमल मोडेल्स’को विकास गरिसकेका छन्, जसले तपाईँले सोचे जस्तै प्याथोजेनेसिस अध्ययन र औषधी तथा भ्याक्सिन परीक्षणका लागि प्रयाप्त हुने छ?

अहिलेसम्म हामीले एसीई २, भाइरसका लागि ह्युमन रिसेप्टर हुने बाँदर र ‘ट्रान्सजेनिक’ मुसाहरुमा जसमा यसको प्रयोग गरेका छौँ। औषधी तथा भ्याक्सिन मूल्यांकनका लागि मुसाको मोडेल्स चीनमा व्यापक रुपमा प्रयोग हुन्छ। मलाई लाग्छ बाँदरको मोडेल्सका विषयमा पनि केही पेपरहरु पनि छिट्टै आउँदैछन्। म तपाईँलाई भन्न सक्छु कि हाम्रो ‘मंकी मोडेल्स’ले काम गर्ने छ।

तपाईँलाई के लाग्छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कोरोना भाइरसलाई चाइना भाइरस अथवा चिनियाँ भाइरस भनिरहेका छन्?

पक्कै पनि यसलाई चिनियाँ भाइरस भन्नु राम्रो होइन। भाइरस पृथ्वीसँग सम्बन्धित छ। भाइरस हाम्रो साझा सत्रु हो- कुनै एउटा व्यक्ति वा देशको सत्रु होइन@पहिलो पोस्ट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution