हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

इजरायल:महामहिम राजदुत डा.अन्जान शाक्य र संघसंस्थाका प्रतिनिधि बिच ग्रुप कन्फ्रेन्स

तेलअविव – नेपाली दूतावास इजरायलकी महामहिम राजदुत डा. अन्जान शाक्य र इजरायल स्थित नेपाली संघसंस्थाका प्रतिनिधि / मिडियाकर्मी / बुद्धिजीवीहरु बिच COVID-19 को बारेमा टेलीफोन ग्रुप कन्फ्रेन्स भएको छ ।

फाइल फोटो

गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलको पहलमा इजरायलमा रहेका विभिन्न राजनितिक,सामाजिक, राजनितिक, धार्मिक तथा जातिय संघसंस्था र संचारकर्मीहरुको उपस्थितीमा  टेलिफोन कन्फेरेन्स भएको हो ।

कन्फ्रेन्समा इजरायलमा रहेका नेपालीहरुको अवस्था, कोरोनाका कारण देखिएका समस्याहरु/नकारात्मक प्रभावहरु, अब उत्पन्न हुन सक्ने समस्याहरु, समस्या समाधानका उपायहरूबारे छलफल भएको थियो ।

इजरायलमा क्रियाशिल अधिकांश संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको उक्त टेलिफोन कन्फेरेन्स बैठकमा एनआरएनए-एनसिसी इजरायलकी अध्यक्ष शान्ती अधिकारी ज्ञवाली, नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष तारा काउचा मगर, प्रवासी नेपाली एकता मञ्च इजरायलका अध्यक्ष तिर्थ गौतम, नेपाली जनसम्पर्क समिति इजरायलका सभापति खगेश्वर अधिकारी, नेपाली समाज इजरायलका अध्यक्ष सुन्दरसिंह लामा तामाङ, एनआरएनए-एनसिसी इजरायलका वरिष्ठ सल्लाहकार तथा मिडियाकर्मी बी बी लामा तामाङ, नारीका लागि नारी अक्षयकोषकी संस्थापक सदस्य समाजसेवी नितु खतिवडा, हेल्पिङ हर्ट्स इन इजरायलका अध्यक्ष सुमन कार्की, सलोम नेपाल मुभमेन्ट सोसाइटी इजरायलकी महासचिव लक्ष्मी अनुरागी, ह्योल्मो समाज इजरायलकी प्रतिनिधी सर्किनी ज्यावा ह्योल्मो, जनजाती महासंघ इजरायलकी बरिष्ठ उपाध्यक्ष पेम्वा शेर्पा, चितवन समाज इजरायलका अध्यक्ष तथा संचारकर्मी नयन सापकोटा, अन्तराष्ट्रिय कलाकार मञ्च इजरायलकी अध्यक्ष दाना कादम्वरी श्रेष्ठ, समाजसेवी जय ओडारी एनआरएनए-एनसिसी इजरायलका प्रवक्ता भोजराज क्षेत्री लगायतले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

महामहिम शाक्यले टेलीफोन ग्रुप कन्फ्रेन्समा उठेका बिषयहरुमा आइतबार दूतावासका स्टाफहरु संग छलफल गरि अघि बढ्ने जानकारी दिनु हुँदै इजरायलमा रहेका नेपालीहरुलाई आईपरेको जस्तोसुकै समस्याको समाधान गर्न दूतावास तयार रहेको बताउनु भयो ।

दूतावासद्वारा जारी पछिल्लो सूचना !

कोरोना भाईरसको संक्रमणलाइ नियन्त्रण गर्न ईजरायल सरकारले २०२० मार्च २५ साँझ ५ बजे देखि लागू हुने गरी ७ दिनका लागि नयाँ आपतकालिन नियमहरु लागू गरेको छ :

१. अत्यावश्यक (खाना, औषधी तथा अत्यावश्यक सामान खरिद गर्न, उपचार गर्न लगायत) बाहेक आफ्नो निवास छोड्न रोक लगाइएको छ । छोटो समयका लागि घरबाहिर निस्कन मिल्नेछ तर १०० मिटरको दुरीभन्दा टाढा जान मिल्नेछैन । यसरी निस्कदा पहिले जस्तो २ मिटरको दुरी कायम गर्नुपर्नेछ । ६० बर्ष र सो भन्दा बढी उमेरसमुहका मानिसहरु घरबाहिर निस्कन मिल्नेछैन ।

२. सार्वजनिक सवारी साधनहरुलाई कटौती गरी साविकको २५ प्रतिशतमा सिमित गरिएको छ । ट्याक्सी प्रयोग गर्दा यात्रु १ जना मात्र हुनुपर्नेछ, यात्रु पछाडि बस्नुपर्नेछ र ट्याक्सिको झ्याल खुला राख्नुपर्नेछ ।

३. नियमहरुको अवज्ञा दण्डनीय हुनेछ ।

ईजरायलस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई ईजरायली सरकारले जारी गरेका नियमहरुको बारेमा जानकार हुन, पालना गर्न र कोरोनाबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीका उपायहरु अवलम्बन गर्न अनुरोध गर्दछौं ।

डा. अन्जान शाक्य
राजदूत
तथा नेपाली राजदूतावास, तेल अबिब परिवार






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution