हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

अनलाइनमा शेयर कारोबार गर्न कसरी लिने युजरनेम र पासवर्ड ?

याम्बु – सरकारले बुधबार २५ जनाभन्दा बढी व्यक्ति जम्मा नहुन निर्देशन दिएको छ। यससँगै नेपाली धितोपत्र बजार प्रभावित भएको छ। केही लगानीकर्ताहरु केही समयका लागी बजार बन्द गर्न माग गर्दै नियामक निकाय पुगेको छन्।

लगानीकर्ताहरुको मागलाई सकारात्मक रुपमा लिएपनि सरकार र नियामक निकाय पूर्ण रुपमा बजार बन्द गर्ने मनस्थितिमा भने देखिएको छैन। बजार खुला रहँदा ब्रोकर कार्यालय नगई कारोबार गर्न अनलाईन प्रणाली उपयुक्त विकल्प हुन्छ।

अहिले दोस्रो बजारमा दैनिक ६० प्रतिशत लगानीकर्ताहरुले नेप्सेको अनलाईन प्रणाली मार्फत कारोबार गरिरहेको नेप्सेले बताएको छ। बाँकी ४० प्रतिशत लगानीकर्ताहरु अझै पनि ब्रोकर कार्यालय गई कारोबार गरिरहेका छन्। अब ती लगानीकर्ताहरुले पनि अनलाईन प्रणाली प्रयोग गरि कारोबार गर्दा कोरोना संक्रमणबाट बच्न सकिन्छ। अनलाईन प्रणाली प्रयोग गर्न लगानीकर्ताले युजरनेम र पासवर्डको आवश्यकता पर्दछ।

कसरी लिने युजरनेम र पासवर्ड ?

अनलाइन कारोबार गर्न यूजर नेम र पासवर्ड लिनका लागि ब्रोकर कार्यालयमा गएर अनलाइन खाता खोल्नुपर्छ। युजर नेम र पासवर्ड लिनका लागि आधिकारीक परिचय पत्र सहित ब्रोकर कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।

यूजर नेम र पासवर्ड लिने व्यक्ति र ब्रोकर कार्यालय बिच एउटा सम्झौता पत्रमा हस्ताक्षर गर्नुपर्दछ। सम्झौता पत्रमा हस्ताक्षर भइसकेपछि ग्राहकले आफ्नो व्यक्तिगत विवरण (केवाईसी) फारम भर्नुपर्छ।

जसका लागि लगानीकर्ताको हितग्राही खाता नम्बर, बैंक खाता नम्बर, इमेल र फोन नम्बर सहितको विवरण फारम ब्रोकर कार्यालयमा बुझाउनु पर्दछ।

त्यसपश्चात, ब्रोकरले लगानीकर्ताको युजरनेम र पासवर्ड नेप्सेको सिस्टममा कनेक्ट गर्नेछ। सिस्टममा कनेक्ट भएपछि नेप्सेले युजरनेम र पासवर्ड सहित युनिक क्लाइन्ट कोड लगानीकर्ताको इमेलमा पठाउँछ।

युजरनेम र पासवर्ड पाइसकेपछि आफू अनुकुल पासवर्ड परिवर्तन गरी दोस्रो बजारमा शेयर खरिद बिक्री गर्न सकिनेछ।अनलाईन प्रणालीको सुविधा लिएका लगानीकर्ताले इन्टरनेटको सुबिधा भएको स्थानबाट मोबाईल तथा कम्प्यूटर मार्फत शेयर खरिद बिक्री गर्न सक्नेछन्।

लगानीकर्ताले यसरी शेयर कारोबार गर्दा शेयर बिक्रेताको हितग्राही खातामा बिक्री हुदै गरेको शेयर अनिवार्य हुनै पर्ने हुन्छ भने खरिदकर्ताको बैंक खातामा आवश्यक रकम हुनु जरुरी हुन्छ – मेरोलगानी ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution