अमेरिकामा ४३ वर्षीया महिलालाई कोरोनाविरुद्धको पहिलो परीक्षण खोप

अमेरिकी अनुसन्धानकर्ताहरूले ४३ वर्षीया महिलालाई कोरोना भाइरसको प्रयोगात्मक खोप लगाएका छन् ।सिएटलस्थित कैसर परमेन्ट वाशिंगटन रिसर्च इन्स्टिच्यूटका वैज्ञानिकहरूले ती महिलालाई खोप लगाएका हुन् ।
अमेरिकाको सियाटल निवासी जेनिफर हलरलाई पहिलो खोप दिइएको हो । कैसर परमेन्टे अध्ययनका नेतृत्वकर्ता डा. लिसा जैक्सनले भने, ‘हामी प्रयोगको पूर्व संध्यामा छौं, सबैजना यस आपतकालमा सकेजति सहयोग गर्न चाहन्छन् ।’
पहिलो खोप परीक्षण गरिएकी जेनिफर हलरले आफूले केही गर्न पाएकोमा अनौठौ अनुभूति भएको बताइन् । सो खोप परीक्षणका क्रममा कोरोना भाइरसको कपि गरिएको जेनेटिक कोड उनको शरीरमा पठाइएको र त्यसले उनको शरीरमा कुनै असर नगर्ने बताइएको छ ।
विज्ञहरूले हाल अनुसान्धानका क्रममा यो वा अन्य कुनै पनि भ्याक्सिनले काम गर्छ कि गर्दैन भन्ने थाहा पाउन अझै धेरै महिना लाग्ने बताएका छन् । विश्वभरका वैज्ञानिकहरु छिटो तरीकाबाट कोरोना विरुद्धको खोप अनुसन्धानमा जुटेको छ ।
अमेरिकाको नेशनल इन्टिच्यूट अफ हेल्थको आर्थिक सहयोगमा यो पहिलो मानवमा गरिएको परीक्षण हो सामान्य तया यस्ता परीक्षणहरू जनावरमा गरिने गरिन्थ्यो @एजेन्सी