हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

कोरोना : के हो सेल्फ क्वारेन्टाइन ?

याम्बु – आफैले आफैलाई अन्य मानिसहरुसँग सम्पर्क बिना छुट्टै राखेर निगरानी गर्ने प्रक्रिया नै सेल्फ क्वारेन्टाइन हो । यसो गर्नुको कारण कथंकदाचित आफूलाई कुनै रोग संक्रमण भएको रहेछ भने आफू नजिक हुने अरु ब्यक्तिलाई नसरोस् भनेर सावधानी अपनाउने तरिका हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुन भन्छन्– ‘एउटा छुट्टै स्थानमा, निश्चित समयका लागि छुट्टै बस्ने काम नै सेल्फ क्वारेन्टाइन हो । आफू संक्रमित नभएपनि रोग फैलिएको देश वा स्थानबाट आएको अवस्थामा छुट्टै बसेर लक्षण देखिन्छ कि देखिदैन भनेर हेर्ने काम हो । अन्य मानिसको संसर्गमा जाँदा यदी संक्रमण भएमा अरुलाई सर्न सक्छ कि भनेर होसियारी अपनाउने कामलाई नै सेल्फ क्वारेन्टाइन भनेको हो ।’

कुनै प्रभावित रोगको क्षेत्रबाट फर्किएपछि आफूलाई आफ्ना परिवारका सदस्य र छिमेकीबाट अलग राख्नुपर्ने हुन्छ । रोग प्रभावित क्षेत्रबाट फर्किदा सो रोगले कति समयभित्र रोगको लक्षण देखाउँछ भन्ने आधारमा त्यति दिन छुट्टै बस्ने काम हो । जस्तै कोरोना भाइरसको संक्रमण १४ दिनभित्र देखा पर्ने भएकोले सो भाइरस संक्रमित क्षेत्रबाट फर्किँदा परीक्षणका लागि दुई साता छुट्ट्रै बस्नुपर्ने हुन्छ ।

रोग संक्रमण नभएपनि हुन सक्ने आशंकामा आफूले आफैलाई अलग राख्ने विधि नै सेल्फ क्वारेन्टाइन हो । क्वारेन्टाइनमा बसेका बेला रोगसँग मिल्दो जुल्दो लक्षण देखिएमा उसलाई तोकिएको अस्पतालमा उपचारका लागि लानुपर्ने हुन्छ र चिकित्सकको परामर्श लिनुपर्छ ।

डा. पुन भन्छन्, ‘कोरोना भाइरस पनि अहिलेसम्म अज्ञात अवस्थामा रहेको संक्रमण हो । अहिलेसम्म थाहा नभएको, तीब्र गतिमा फैलिने रोग छ भने त्यस्ता रोगको संक्रमण भएमा वा संक्रमण हुने जोखिम भएमा सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।’
अहिले पनि कोरोना भाइरस संक्रमण भएको देशबाट फर्किएकाहरु सेल्फ क्वारेन्टाइनमा बसेका छन् । रोगको संक्रमण फैलन नदिने महत्त्वपूर्ण विधि नै सेल्फ क्वारेन्टाइन हो ।

क्वारेन्टाइनमा बस्दा के गर्ने ?

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनको यस्तो छ टिप्स :

– परिवारका सदस्यसँग नजिक गएर कुरा नगर्ने, कम्तिमा ६ फिटको दुरी कायम गरेर बस्ने

– माक्स लगाउनुपर्छ भन्ने जरुरी छैन, लगाएमा राम्रो हुन्छ

– छुट्टै बाथरुम प्रयोग गर्ने

– क्वारेन्टाइन बसेको ब्यक्तिले प्रयोग गरेका सामग्री परिवारका अरु सदस्यले प्रयोग नगर्ने

– संक्रमित रोगहरुका लागि फरक–फरक समयको क्वारेन्टाइनमा बस्नु पर्ने हुन्छ । कोरोना भाइरसको लागि १४ दिन बस्नुपर्छ

– जथाभावी हिँडडुल तथा भ्रमण नगर्ने, सार्वजनिक सवारी साधन प्रयोग नगर्ने

– बेला–बेला शरिरको तापक्रम लिने

– संक्रमणको लक्षण देखिएमा तोकिएको स्वास्थ्य संस्थामा गएर चिकित्सकसँग परामर्श गर्ने

– १४ दिनसम्म बस्दा पनि कुनै लक्षण देखिएन भने संक्रमण नभएको बुझ्नुपर्छ

– क्वारेन्टाइनमा बस्ने भन्दैमा भाइरसको संक्रमण फैलिएको बुझ्नु हुँदैन, उच्च मनोबल बनाउनुपर्छ, सरसफाइमा विषेश ध्यान दिनुपर्छ @ रातोपाटी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution