हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

नेपाल तामाङ महिला घेदुङ पोखरा महानगरका अध्यक्षमा पवित्रा थोकर तामाङ

हुम तमु

पोखरा – तामाङ महिला सशक्तिकरण, हाम्रो अभियान नाराका साथ नेपाल तामाङ महिला घेदुङ पोखरा महानगर कमिटी गठन भएको छ। पोखरा १३ संगमटोलस्थित तामाङ बौद्ध सेवा समितिमा आयोजित महानगर कमिटी भेला तथा मिस तामाङ पोखरा २०२० का विजेतालाई सम्मान कार्यक्रममा शनिवार पवित्रा थोकर तामाङको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको हो।

महानगर कमिटीको उपाध्यक्षमा जयन्ती मोक्तान तामाङ, सचिवमा निमा लामा तामाङ, सहसचिवमा लक्ष्मी ब्लोन तामाङ, कोषाध्यक्षमा सुशिला तामाङ, सहकोषाध्यक्षमा चन्द्रावती थोकर तामाङ र सदस्यहरुमा सरु तामाङ, बेली चमेली तामाङ, अञ्जु तामाङ, मुगा तामाङ, बुद्धिमाया तामाङ, बिष्णु तामाङ र सुकमाया तामाङ रहनुभएको छ भने केही तामाङ इकाईहरुबाट प्रतिनीधि समावेश गरिने भएको छ।


कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य धनमाया लामाले गुमेको तामाङ राज्य पुर्नस्थास्पित नगरेसम्म तामाङले पहिचान, अधिकार, समानुपातिक प्रतिनीधित्व, तामाङ जातिय मौलिकताहरुको संरक्षण र विकास गर्न नसक्ने बताउनुभयो।

पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरेको नभई तामाङ लागयत आदिवासी जनजातिको राज्यहरु कब्जा गरेको आरोप लगाउनुहुदै काभ्रेको तेमाल केन्द्र रहेको तामसालिङ राज्य लुटिएसँग तामाङ समुदायका सम्पुर्ण अधिकार खोसिएको बताउनुभयो। संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना पश्चान तमु ल्होछार, सोनाम ल्होछार, ग्याल्पो लोसार विदा लगायतका साँस्कृतिक पर्वहरु विगतका जस्तै ओली सरकारले खोस्ने र लुट्ने क्रमलाई निरन्तरता दिएको उहाँको ठोकुवा थियो।

प्रमुख अतिथि सांसद लामाले अब तामाङहरु राज्यको कार्यकारी तहमा पुग्नुपर्दछ र त्यसका लागि आर्गबाट गृहकार्य गर्न जरुरी रहेको बताउनुभयो। कार्यकारीमा नपुगेसम्म पहिचानसहितको संघीयता, तामसालिंग, तमुवान पाइदैन, राज्यसत्तमा महिलाको सहभागीताको अधिकार स्थापित हुदैन, पैत्रिक सम्पत्ति र शिक्षामा महिलाको समान अधिकार प्राप्त गर्न नसकिने मात्रै होइन मुलुक समृद्धितर्फ लम्कने नसक्ने उहाँको भनाई थियो।

नेपाल तामाङ महिला घेदुङ कास्कीद्धारा आयोजित कार्यक्रममा मिस तामाङ पोखरा २०२० का विजेता शशिकला तामाङ, फस्ट रनर अप सलिना तामाङ, सेकण्ड रनरअप रेनु तामाङ, भ्युवर च्याइस प्रिन्स तामाङ र कार्यक्रम संयोजक कविता योञ्जनलाई सम्मान गरिएको थियो।
महिला घेदुङ कास्कीकी कावा अध्यक्ष पवित्रा थोकर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार कुमबहादुर तामाङ, मिस तामाङ पोखरा २०२० विजेत शशिकला तामाङ, नेपाल तामाङ घेदुङ पोखरा महानगर कमिटी अध्यक्ष टेकबहादुर तामाङ, महिला घेदुङ कास्की सल्लाहकार योसरी तामाङ, नमो बुद्ध जम्बोलिङ इकाईका गौमती तामाङ लागयतले शुभकामना व्यक्त गर्नुभएको थियो। उक्त कार्यक्रममा सरस्वती देवकोटाले कोरोना भाइरस सम्बन्धी सहजीकरण गर्नुभएको थियो।

उक्त कार्यक्रममा जिल्ला सदस्य जयन्ती मोक्तानले स्वागत र निमा तामाङले कार्यक्रम संचालन गर्नुभएको थियो।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution