हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

कोरोनाको आशंकामा ४ जना नेपाली अस्पताल भर्ना

याम्बु – कोरोनाको जस्तै लक्षण हुनसक्ने आशंकामा आइतबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको ‘आइसोलेसन’ वार्डमा भर्ना गरिएका चारजना वयस्क पुरुषहरुको स्वास्थ्य परिक्षण रिपोर्ट सोमबार (आज) साँझसम्म आउने अस्पतालले जनाएको छ।

अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले सबैको नमूना संकलन भइसकेको र परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको जानकारी दिए।

‘हामीले नमूना संकलन गरी प्रयोगशालामा पठाइसकेका छौं,’ बाँस्तोलाले भने, ‘आज साँझसम्म सबैको रिपोर्ट आएपछि कोरोना संक्रमणको लक्षण भए नभएको थाह हुनेछ।’

कोरियाबाट आएका ३ जना र चीनबाट आएका १ जना पुरुषमा रुघाखोकी, ज्वरो लगायतका कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरुलाई आइतबार सो अस्पतालको छुट्टै वार्डमा भर्ना गरिएको थियो।

‘कोरोना फैलिएका मुलुक कोरिया र चीनबाट आएका उनीहरुमा रुघाखोकी, ज्वरो लगायतका केहि लक्षणहरु देखिएको हुँदा आइसोलेसनमा राखिएको हो। यो नियमित प्रक्रिया हो,’ उनले भने।

कोरोनासँग लड्न सरकारले गर्‍यो स्वास्थ्य संकटकाल घोषणासम्मको तयारी

गत मंसिर ५ गते स्वाथ्यमन्त्रीको पदवहाली गरेका भानुभक्त ढकालले आइतबार पत्रकार सम्मेलनमार्फत् आफ्नो सय दिनका कार्यप्रगति सुनाउँदै थिए। अपेक्षा थियो, पत्रकारका प्रश्नोत्तर उनका सय दिनका काम केन्द्रीत होला।

प्रवक्ता डा. विकास देवकोटाले सरसर्ती ढकाल नेतृत्वमा स्वास्थ्य मन्त्रालयले सय दिनमा गरेका नीतिगत तथा प्रणालीगत सुधार, अनुगमन, सेवा प्रवाह र अनुसन्धानको विवरण सुनाएपछि आएको प्रश्नोत्तरको पालोमा लगभग सबै प्रश्नहरु मन्त्रीकै भनाईमा ‘अतिरिक्त काम’ अर्थात् कोराना (कोभिड–१९)सँग सम्बन्धित थिए।

‘आज हामीले सय दिनमा हामीले के गरौं भन्ने विषयमा औपचारिक रुपमा सामुहिक ढंगले जानकारी गराऔं भन्ने उद्देश्यले यो भेटघाट गरेका हौं,’ स्वास्थ्यमन्त्री ढकालले सुरुवातमै भने, ‘सबैले आइलागेको विषय (कोरोना भाइरस)बारे नै धेरै प्रश्न गर्नुभयो। जो हाम्रो सय दिनभित्रको नियमित कार्यभित्र पर्दैनथ्यो। यो अतिरिक्त नचाहेर आइलागेको विषयमा पनि हामीले दुई महिना लाग्नुपर्‍यो।’

चीनबाट आएका एक विधार्थीलाई जनवरी १३ मा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोगमा परिक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएदेखि आफूहरु यसैमा केन्द्रीत हुनु परेकाले सय दिनमा उत्साहबद्र्धक रुपमा प्रगति विवरण सुनाउन नपाएको उनले गुनासो पोखे।

‘अलिअलि स्वास्थ्य मन्त्रालय बुझेर यसमा सुधारका काम गर्नुपर्यो भनेर कदम चाल्न सुरु गरेको बेला नचाहेको विषय बोकेर त्यतातिर समय खर्चिनुपर्‍यो,’ मन्त्री ढकालले थपे, ‘त्यसैकारण सय दिनमा जति उत्साहद्र्धक रुपमा काम भए भन्नसक्नु पर्यो, परिस्थितिले हामीलाई त्यो ढंगले काम गर्न दिएन।’ यसबीच कोराना रोकथामका कतिपय कुराहरु आफूहरुले गरेपनि त्यसलाई स्थापित गर्न नसकेको उनको बुझाइ छ।

‘विमानस्थलमा सबैजना मेसिनबाट ज्वरो नापेर पास भए पछि मात्रै निस्कन्छन्। तर, हाम्रा कतिपय नेताले समेत विमानस्थलमा कसैले समातेर चेकजाँच नगरेको भन्दै हिँड्ने गरेका छन्’, मन्त्री ढकालले भने, ‘उनीहरुलाई नीरिक्षण भई पास भएर मात्रै गएका छौं सन्देश हामीले सम्प्रेषण गर्न सकेनौं’ उनले थपे।

विमानस्थलको ज्वरो नाँप्ने एउटा थर्मल स्क्यानर बिग्रिएको तथा जनशक्ति अभाव रहेको गुनासो आएपछि शनिबारमात्रै स्वास्थ्य मन्त्रालयको टोलीले अनुगमन गर्दै थप तीन थर्मल मेसिन थपिएको एवं जनशक्ति पनि बढाइन लागिएको उनले बताए।

चीनको वुहानबाट ल्याइएका १ सय ७५ जना लगायत अन्यगरी २ सय १८ जनाको परीक्षण गर्दा कसैलाई अहिलेसम्म कोरोना संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ।

वुहानबाट ल्याइएका १ सय ७५ जनाको अन्तिम रिपार्ट मंगलबारभित्र आउँदैछ। उनीहरुलाई नेपाल ल्याउने नेपाल वायुसेवा निगमको विमानका १८ जनै चालकदलको स्वास्थ्य रिपोर्टअनुसार सबैजना स्वास्थ्य देखिएको र उनीहरुलाई घर फर्काइएको स्वास्थ्य सचिव खगराज बरालले बताए।

चीनबाहेक भारत, कोरिया र अरुबाट खतरा

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले बिहीबार नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको थियो। डब्लुएचओले आफ्नो साप्ताहिक ब्रिफिङपछि नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा राखेको हो।

त्यसलगत्तै कोरोना भाइरसको रोकथाम तथा निराकरण गर्न बालुवाटारमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले डोकेको बैठकमा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा सरकारले मन्त्रीस्तरीय समिति समेत गठन गरेको छ।

उक्त बैठकमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस नियन्त्रणका लागि भएका कामबारे जानकारी लिनुका साथै सरोकारवाला मन्त्रीलाई निरन्तर अनुगमन र निगरानी गर्न निर्देशन दिइएको मन्त्री ढकालले बताए।

‘हिजो चीनसँग मात्रै धेरै भय थियो तर अहिले ६० भन्दा बढी मुलुकमा फैलिएको छ। फैलिएकामध्ये पनि दक्षिण कोरिया, अरब र भारतबाट हामीलाई बढी भय छ,’ ढकालले भने, ‘सरकारको पहिलो लक्ष्य हाम्रो देशको सीमा भित्र छिर्न नदिन के–के गर्नुपर्छ, त्यसकै लागि काम गर्नुपर्छ भन्ने निर्देशन प्रधानमन्त्रीबाट हामीले पाएका छौं।’

थुप्रै देशले कोरोनाको संक्रमण भएका देशमा हुने उडान तथा आवागमनमा बन्देज लगाएका बेला नेपालले पनि त्यस्तो नीति लिनुपर्ने आवाज उठिरहेको छ। प्रधानमन्त्रीसँगको उक्त बैठकमा नेपालले पनि आवातजावतमा प्रतिबन्ध लगाउनेबारे छलफल भएको मन्त्री ढकालले बताए।

‘केही मुलुकमा जाने कुरामा औपचारिक रुपमै बन्देज लगाऔं कि भन्ने छलफल भएको छ। उपप्रधानमन्त्री ज्यूको नेतृत्वमा बनेको कमिटीले एक–दिन औपचारिक निर्णय गर्छौ भनेको छ,’ ढकालले भने। कोरोना संक्रमणको जोखिम बढेपछि यहीबीच सरकारले घोषणा गरेका सगरमाथा संम्वाद तथा भिजिट नेपाल–२०२० कार्यक्रम समेत स्थगित गरिसकेको छ।
देशभित्र हुने भोज भतेर, ठूला कार्यक्रममा मान्छेहरु भेट्दा अँगालो मार्ने, चुम्बन खानेभन्दा पनि टाढैबाट नमस्कार गर्ने शैली विकास गर्न उनले सुझाव दिए।

सरकारको तीन तहको रणनीति

चीनबाट नेपालीहरु ल्याउनुअघि नै विभिन्न अस्पतालहरुमा ४३ वटा आइसोलियसन बेडहरु तयार पारेको थियो। त्यतिबेला काठमाडौंका टेकु, वीर, सिभिल, पाटन लगायत अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको थियो। त्यसबाहेक मुलुकभरका सबै अस्पताललाई समेत तयारी अवस्था रहन निर्देशन दिइएको मन्त्री ढकालले बताए।

कोरोनाविरुद्ध लड्न सरकारसँग तीन चरणको योजना रहेको उनले सुनाए।

रणनीति एक

पहिलो चरणमा कोरोना संक्रमणलाई आउनै नदिन सावधानी अपनाइनेछ। त्यसका लागि विमानस्थलमा कोरोना प्रभावित मुलुकबाट आउने सबै यात्रुको अनिवार्य जाँच, सिमा नाकाहरुमा कडाई गरिएको छ।

रणनीति दुई

दोस्रो चरणमा कोरोना संक्रमण भित्रिए त्यसलाई निर्मूल पार्न सम्पूर्ण जनशक्ति लगाइने छ। जसअन्तर्गत स्वास्थ्यकर्मी तथा अस्पतालहरुलाई आवश्यकअनुसार थपिनेछ।

रणनीति तीन

तेस्रो चरणमा यदि कोरोनाले महामारीको रुप लिए स्वास्थ्य संकटकाल घोषणा गर्ने। यो रणानीतिअनुसार सबै अस्पताललाई उपचारमा प्रयोग गर्ने सरकारको तयारी रहेको मन्त्री ढकालले सुनाए @ नेपालखबर ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution