हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

पार्टी विभाजन हुदैन : प्रचण्ड

याम्बु  : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाहिर हल्ला भएजस्तो बबन्डर नेकपामाभित्र नभएको बताएका छन्। राजधानीको यलम्बर पार्टी प्यालेसमा बिहीबार दिउँसो आयोजित बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै उनले पार्टी विघटन र विभाजन हुने अवस्था आउन नदिने धारणा राखेका छन्।

दाहालले धेरै ठूलो दुख र मुल्य चुकाएर कम्युनिस्ट पार्टीलाई देशमा अहिले यो अवस्थामा ल्याएको स्मरण गरे। उनले भने ‘धेरै रगत र पसिना, करौडौं जनताको आशा र अपेक्षा जोडिएको छ।’ करौडौं जनताको भावना जोडिएको एक ढिक्का भएर नेपाल राष्ट्रको जोडिएको बताउँदै उनले कम्युनिस्ट पार्टी एक दशकसम्म नेतृत्व गर्न सक्षम रहने बताएका छन्।

उनले अध्यक्षद्वय कहिलेकाहिँ विवाद गरेपनि समस्याको समाधान गर्ने गरेको प्रष्ट पारे। ‘अहिले पनि केहि-केहि विषयवस्तु के हो भने जस्तो मिडियामा आएको छ।’ उनले भने, ‘अहिले मिडियामा आएको विषयको पछाडि नलाग्नुहोला। हामी बसेर यसको पनि समाधान निकाल्छौँ। ‘

दाहालले पार्टी कमजोर हुने, विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्ने एक ढिक्का भएर अगाडि बढ्ने आग्रह गरेका छन्। उनले पार्टीमा विवाद, संघर्ष हुनु स्वभाविक भएको जनाएका छन्। ‘पार्टी भनेको जमेको पोखरीको निलो भएर बस्ने पानी चैं किटाणु लाग्ने जस्तो होइन। पार्टी भनेको गड्गडाएर अगाडि बढ्ने जात हो।’ उनले भने, ‘त्यहाँ विवाद हुन्छ, बहस हुन्छ, आदि इत्यादि हुन्छ।’

कम्युनिस्ट पार्टीलाई दुस्मनले परास्त्र गर्न नसकेपनि सत्तामा गएपछि आफैँ भ्रस्टाचारमा लिप्त हुने, कुशासनतिर जाने र अहंकार बढेको बताए। उनले यो अनुभवलाई पार्टीले गम्भीरताका साथ लिदै दुबै अध्यक्षले छलफल र समिक्षा गरेर अगाडि बढ्ने धारणा राखे।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution