प्रचण्ड र देउवा बिच गोप्य भेटवार्ता ! अब के होला ?

याम्बु – १५ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच गोप्य भेटवार्ता भएको खुलासा भएको छ । बुधबार साँझ नेकपाका अध्यक्ष दाहालको नेतृत्वमा पूर्व माओवादी खेमाका नेकपाका केही नेताहरु, कांग्रेस सभापति देउवा र सभामुख सापकोटाले भेटवार्ता गरेका हुन् ।
प्रचण्ड प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेका अधिवक्ता रमण कुमार श्रेष्ठको निवासमा गोप्य भेटवार्ता भएको खुलासा भएको छ । बुधबार नेकपा सचिवालय बैठकमा पार्टी उपाध्यक्ष वामेदव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय भएको र त्यसको केही घण्टामै प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले उक्त निर्णय नमान्ने चेतावनी दिएपछि दाहालको नेतृत्वमा भेटवार्ता भएको हो ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जस्तोसुकै परिस्थिति आए पनि आफूले सामना गर्ने तर वामदेवलाई राष्ट्रिय सभा सदस्यमा मनोनित नगर्ने बरु अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडालाई नै दोहोर्याउने सन्देश नेकपाका नेता माधव कुमार नेपालमार्फत पठाएका थिए ।
स्रोतकाअनुसार यदि ओलीले पार्टीको निर्णय नमान्ने हो भने भोलि पार्टी फुटाउने परिस्थिति आएपनि त्यसको विकल्पका लागि तयार हुने उद्देश्यसहित प्रचण्ड यसरी छलफलमा जुटेका हुन् । श्रेष्ठको निवासमा करिब २ घण्टा वार्ता भएको थियो @रिपोर्टर्स कल्ब