वामदेवको नाम उल्ट्याएर युवराजको नाम सिफारिस ! भिडन्तको संकेत

याम्बु – वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने गरी सिफारिस गर्न नेकपा सचिवालय बैठकले गरेको अनुरोध पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन् ।
नेकपा सचिवालयका केही सदस्यलाई फोन गरेर ओलीले गौतमको नाममा सहमति जनाउन नसकिने बताएका हुन् । ‘मैले युवराज खतिवडालाई नै निरन्तता दिने हो, अब वार कि पार शुरू हुन्छ,’ ओलीले नेकपाकै एक सदस्यलाई फोन गरेर भनेको उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो ।
यसअघि प्रधानमन्त्री ओली समेत सहभागी नेकपा सचिवालयको बैठकले वामदेवलाई राष्ट्रिय सभामा लैजाने निर्णय भएको थियो ।
बैठकको बहुमतले गरेको निर्णय प्रधानमन्त्री ओलीले अस्वीकार गरेका हुन् ।
पार्टीको निर्णय प्रधानमन्त्री ओलीले नमानेपछि सत्तारुढ दल नेकपामा ठूलै भिडन्तको संकेत देखिएको छ @ लोकान्तर ।